प्रधानमन्त्री केपी ओली काठमाडौंमा चुच्चे रेल दौड़ाउछु भन्दैछन् । बिचरा त्योभन्दा पहिला प्रधानमन्त्री कै पद दौडेला जस्तो छ । प्रधानमन्त्री बन्न दौडनेहरुको चाल देखेर त त्यस्तै लाग्दैछ । बिचरा काम गर्न दिएपो दौडिनु रेल ? जाल झेल गर्नेहरुले रेल दौड़ाउन नदिने नै भए ।
झन् छुच्चे छिमेकीका छुच्चे मिडियाहरुले चुच्चे रेलको बिरोध गरेको देख्दा त रेलको सपना कति खेर तुहाइदिने हुन् केही ठेगान छैन । यदि त्यस्तै खालको धारणा भारत सरखारको पनि हो भने त उसले अनेक जाल झेल गरेर यस्ता कुनै योजना सफल हुन् दिदैंन । नेपाली अधिकारिहरु किनेर भए पनि भाड्छ, अनि सरखार फेरेर भए पनि भाड्छ । नेपाली जनतालाई रेल, अनि कागलार्इ बेल हर्ष न बिस्मत, यस्तै रहेछ हाम्रो किस्मत । छिमेकि फेर्न मिल्दैन रे ? छिमेकीले कहिले बानी नफेर्ने, अनि गर्ने के ?
हामी चाँही कति प्रधानमन्त्री फेरी रहने ? प्रधानमन्त्री फेर्दैमा सबै समस्याको समाधान हुने भए आज नेपाल धेरै धनि देश बन्ने थियो । २०४७ सालबाट कृष्ण प्रसाद भट्टराईदेखि केपी ओलीसम्म आउदा २६ वर्षमा एघार जना प्रधानमन्त्री भई सके (मन्त्रिपरिसदको अध्यक्ष ज्ञानेन्द्र र खिलराज रेग्मी समेत गर्दा) अनि खै त देश बनेको ?
देशको मुहार साचै फेर्ने हो भने प्रधानमन्त्री होइन भ्रष्ट कर्मचारीत्रन्त्र फेर्नु पर्छ । हाम्रो काम गर्ने शैली फेर्नु पर्छ । हामीले सोच्ने तरिका फेर्नु पर्छ । आधुनिक सिस्टम ल्याउन पर्छ । देशमा उपलब्ध नभएका लक्ष जनशक्ति विदेशबाट भएपनि ल्याउन पर्छ । भष्टाचारीलाई कडा कारबाही हुने गरि कानुन फेर्नु पर्छ । बिडम्बना राजनीतिक नेतृत्व आफै भष्टाचारीसंग मिलेर कमिसन खान्छन अनि पार्टीका लागि चन्दा लिन्छन । नत्र अरबमा काम गर्ने मजदुरको जति तलब लिने एउटा सांसदले कसरी काठमाडौंमा घर र गाडी किन्न सक्छन ?
छ महिना पनि राम्रोसंगकाम गर्न नपार्इ प्रधानमन्त्री फेर्ने खेल सुरु हुन्छ । भूकम्प गएको छ महिना पछि बल्ल बल्ल दिएको पाल प्वाल परि सक्यो । पाल फेर्नेतिर कसैको ध्यान जादैन । घर बनाउनु त परको कुरा । यदि अलि कता पनि राजनीतिक इमान्दारिता छ भने देश र जनतालाई केन्द्रबिन्दुमा राखेर जसले बहुमत ल्याए पनि उसको अबधि भर काम गर्न दिने हो भने थोरै भए पनि देशमा बिकास हुने थियो ।
गोर्खाली दाजुभाइले भारतीय सैनिकमा काम गरेर भारतलाइ ठूलो गुण लगाएका छन् र भारतले नेपालीलाई रोजगार दिएपनि सस्तोमा काम लगाएर उसले पनि अरबौ कमाएको छ । अर्थात यो त पारस्परिक सवाल हो अनि किन हामीले मात्र भारत संग झुक्नु पर्ने । झुक्नु पर्ने ठाउमा झुकिन्छ अनि फुक्नु पर्ने ठाउमा फुक्न पाउन पर्छ ।
एउटा अशल छिमेकीका नाताले भारतले सल्लाह र सुझाब दिनुलाई अन्यथा ठान्नु हुदैन तर उसले हस्तक्षेप कारी भूमिका निर्वाह गर्नु हुदैन । आन्तरिक रुपले सरकार गिराउने र बनाउने खेलमा लाग्नु हुदैन ।
राजीनामा गरेर कुर्सी छोडेर भाग्नेहरु, भ्रष्टाचार गरेर बदनाम भएकाहरु र चुनाब हारेकाहरु फेरि पनि प्रधानमन्त्री बन्ने खेलमा लागेका छन् । अहिले भारतको दाउ केपी ओली हटाएर शेरबादुर देउबा ल्याउन नसके पनि पहिले केपी हटाउने र त्यसपछि एउटा बहाना गरेर प्रचण्ड पनि हटाउने नै हो ।
हामीले आफ्नो आन्तरिक समस्या आफै छलफल गरेर समाधान गर्ने हो र भारतलाई हस्तक्षेप गर्ने ठाउँ नदिने अनि अनावश्यक रुपले दिल्ली भ्रमण नगर्ने हो भने उसको हस्तक्षेप कम हुँदै जानेछ ।
चीनको पनि नेपालमाथि मुलत २ स्वार्थ छन । पहिलो ब्यापार बिस्तार गर्ने र दोश्रो नेपाली भूमि प्रयोग गरेर स्वत्रन्त्र तिब्बतसमन्धी कुनै गतिबिधि हुन् नदिने । भारतको जस्तो चीनको स्वार्थले कुनै हानि नोक्सानी गर्दैन । चीनको रेल लिंक काठमाडौं हुँदै पोखरा र लुम्बिनी जोडिने हो भने नेपाल त धनि हुन्छ । त्यसले भारतलाई पनि कुनै हानिनोक्शानी गर्दैन ।
भारतबाट वर्षको ४ खर्बको सामान आयात गर्छौ भने धनि हुँदा वर्षमा २० खर्बको सामान आयात हुनेछ । अनि कसरि हुन्छ भारतलाई घाटा र सरखार गिराउने खेलमा लागेको छ भारत ।
राजनीतिक पार्टीको मुल दाइत्व भनेको स्थानीय निकायको चुनाब गराएर जनताको कामलार्इ सजिलो पार्ने हो । अनि संविधानको कार्यान्यन गर्दै संघीयताका बाँकी काम पूरा गरि देशलाई स्थाइत्व दिने हो । त्यसपछि हुने चुनाबमा जसले राम्रो काम गर्छ, जसलाई जनताले विश्वास गर्छन् ।















प्रतिक्रिया