१ कार्तिक २०८३, शनिबार

मुम्बईमा दुई नेपालीको लिङ्ग काटेर हत्या, लिङ्गसहित पाँच जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हत्यामा संलग्न कमल सुजी
घटनाको अनुसन्धान गर्दै उल्लासनगरका सव इन्सपेक्टर नागरे ।

– शेरबहादुर थापा

मुम्बई, २१ जेठ । रोजगारीको सिलसिलामा मुम्बई गएका दुई युवाको हत्या भएको छ ।

मुम्बईको मारुल पाडा उल्लाहस नगरमा नेपालस्थित कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वार्ड- २ चौरी स्थायी घर भएका ३० वर्षीय मदन सुनार र २८ वर्षीय राजु सुनारको बिहीबार बिहान साढे दुई बजेतिर भारतीय नागरिकहरूले लिङ्ग काटेर हत्या गरेका हुन् ।

मदन इेक्ट्रसियनको रुपमा कार्यरत थिए । राजु छ महिनाकी छोरी र श्रीमतीसहित बालाजी प्यालेस बिल्डिङमा बस्दै आएका थिए । राजु सोही बिल्डिङमा सेक्युरिटीको काम एक महिनादेखि गर्दै आएका थिए ।

1हत्या भएका राजुकी श्रीमती पवित्रा सुनारका अनुसार उनका पति र जेठाजु मदनले बुधबार रातिसँगै खाना खाएका थिए । बिहीबार बिहान एक बजे जेठाजु मदनलाई पुगाउन भनेर राजुसँगै निस्केका थिए । करीब दस मिनेटको बाटो रहेपनि उनी फर्केर आएनन् । पवित्राले रुदै भनिन्, ‘एकमहिना अघिमात्रै हामी यहाँ आएका थियौँ । यस्तो घटना भयो । भारत नआएको भए हत्या हुँदैन थियो होला ।’

राजुका साला नरेश सुनारका अनुसार दुवै जनालाई शरीरको सबै ठाउमा धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको छ । मरुल पाडास्थित राधा कृष्ण मैदानमा राजु र मदनको लिङ्ग समेत काटेर फालिएको अबस्थामा बिहीबार बिहान ८ बजे उनीहरूको शव फेला परेको नरेश सुनुवारले बताए ।

राजुका साला नरेश सुनारले भने, ‘सामान्य रुपमा मदनको बिल्डिंगमा रहेकी एक महिलासंग बिबाद भएको र सोही बिबादका कारण उनीहरू दुबैको हत्या भएको हो ।’

दुई नेपालीको हत्या अभियोगमा स्थानीय प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । हत्यामा प्रयोग भएको चक्कु, मोटरसाइकल र मृतकको लिङ्गसहित पाँच जनालाई कल्याण तालुक टिटवाला पोलिस ठानेका असिस्टेन्ट पुलिस इनिस्पेक्टर नागरेले बताएका छन् ।

नागरेका अनुसार पक्राउ परेका अभियुक्तहरूले मदिरा सेवन गर्न मृतक राजु र मदनसँग पैसा मागेको तर उनीहरूले नदिएपछि बिबाद भइ हत्या गरेको बताएका छन् ।

2हत्या आरोपमा पक्राउ पर्नेहरूमा स्थानीय अनिल मेघदास पेट्निया, हरदीप सिंह, त्रिलोक सिंह गिल, राम अनिल डेम्वानी, बिशाल सिंह र सोनु सिंह रहेका छन् ।

एकता मञ्चका केन्द्रीय सह–कोषाध्यक्ष मोहन देवकरले आफूहरू हत्याको दोषीलाई कारबाही र पीडित परिवारलाई राहत उपलब्ध गराउनका लागि पहल गरिरहेको बताए ।

महाराष्ट्र–गुजरात संयुक्त राज्य समितिका अध्यक्ष कटक शाहीले सबै नेपालीहरूले भारतमा सचेत रहेर बस्नु पर्ने बताए । उनले महाराष्ट्रमा भएको दुई नेपालीको हत्याले नेपालीहरूलाई स्तब्ध तुल्याएको उनको भनाइ छ ।

दुई नेपाली युवाको हत्या भएपछि नेपाल दलित पार्टीका महराष्ट्रा इञ्चार्ज लालसिंह देवकार, हरिओम नेपाली एकता समाजका अध्यक्ष नैनसिंह दासलगायतले बिरोध गर्दै दोषीलाई कारबाहीको माग गरेका छन् ।

हत्या भएका राजु र मदनको शवको उल्लासनगरस्थित सेन्टर अस्पतालमा पोस्टमार्टम समेत भैसकेको छ । उनीहरूको शुक्रबार बिहान अन्तिम दाहसंस्कार गरिने राकेश नागार्जीले बताएका छन् ।