२९ आश्विन २०८३, बिहिबार

नायक श्रीकृष्ण श्रेष्ठको मृत्यु, यसरी कालले टिपेर लग्यो श्रीकृष्णलाई

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shree-krishna-shrestha-death

काठमाडौं, २५ साउन । अभिनेता श्रीकृष्ण श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको छ ।

विवाह लगत्तै उपचारको सिलसिलामा भारतको नयाँदिल्लीमा पुगेका अभिनेता श्रीकृष्ण श्रेष्ठको शनिबार राति निधन भएको हो । डीप निमोनियासँगै फोक्सोमा पानी जमेका कारण केही महिना यता बिरामी परेका श्रीकृष्ण उपचारका लागि दिल्लीस्थित एपोलो हस्पिटलमा भर्ना भएका थिए । निर्देशक आकाश अधिकारीले निधनको पुष्टी गरेका छन् । 

‘कहाँ भेटिएला’बाट डेब्यू गरेकी अभिनेत्री स्वेता खड्कासँग गत असार २७ गते बिहे गरेका श्रीकृष्ण बिबाह पूर्व नै बिरामी थिए । ५० बर्ष पनि ननाघेका उनी लामो समयदेखि सुख्खा खोकीबाट ग्रसित थिए ।

२०४५ सालमा ‘भूमरी’ फिल्मबाट फिल्म क्षेत्रमा प्रवेश गरेका श्रीकृष्ण हिरो भएर अभिनय गरेको पहिलो फिल्म ‘नाता’ हो । अभिनयका माध्यमले फिल्म क्षेत्रलाई दर्जनौं हिट फिल्म दिएका श्रीकृष्णले ‘कहाँ भेटिएला’ फिल्म निर्माण गरेका थिए जुन ब्ल्कबस्टर नै भएको थियो । यस्तै उनले पछिल्लो पटक निर्माण गरेको फिल्म ‘कोहिनूर’ गत शुक्रबारबाट प्रदर्शनरत छ ।

श्रीकृष्णले आफ्नो फिल्म ‘कोहिनूर’ प्रदर्शन हुनु केही दिन अघि मात्र दिल्लीबाट नै आफ्ना दर्शकहरू तथा शुभचिन्तकहरूलाई कारूणिक सन्देश पठाउँदै हलसम्म गएर फिल्म हेरिदिनका लागी अनुरोध गरेका थिए ।

श्रीकृष्णको असामयिक निधनले सम्पूर्ण फिल्म क्षेत्र स्तब्ध भएको छ ।

 

Shree-Krishna-Shrestha
स्वेतासँग विवाहबन्धनमा श्रीकृष्ण