काठमाडौं, २५ साउन । सामान्यतयाः कम्युनिस्ट पार्टीका नेता(कार्यकर्ता भनेका वाकपटुता भएका, वैचारिक रुपमा अब्बल मानिएका हुन्छन् भने मान्यता छ ।
कम्युनिस्टहरु अन्य बुर्जुवा पार्टीका नेता कार्यकताभन्दा बढी अध्ययनशील हुन्छन् भन्ने मान्यता पनि छ ।
तर, पछिल्ला दिनमा व्यवहारमा भने कम्युनिस्ट नेता/कार्यकर्ताले अध्ययन गर्ने बानी छाडेका छन् । जसका कारण पार्टीभित्र गैरसर्वहारा चिन्तन हाबी हुन थालेको नेपालका प्रमुख कम्युनिस्ट पार्टीहरुले स्वीकार गर्न थालेको समाचार आजको राजधानी दैनिकले छापेको छ ।
त्यसलाई तोड्न उनीहरुले प्राथमिकताका साथ पार्टी शिक्षालाई जोडसमेत दिन थालेको छ । प्रमुख कम्युनिस्ट पार्टीहरु नेकपा एमाले, एमाओवादी र नेकपा-माओवादीले अहिले छुट्टाछुट्टै पाठ्यक्रम नै तयार पारी कार्यकर्ता प्रशिक्षणलाई जोड दिन थालेका छन् ।
नेकपा एमालेले केही वर्षअघि नै पार्टी शिक्षाको पाठ्यक्रम निर्धारण गरेको थियो भने एमाओवादीले स्कुलिङ विभागबाट तयार पारेको पाठ्यक्रम अनुमोदनका लागि केन्द्रीय कार्यालयमा केही समयअघि पठाएको छ ।















प्रतिक्रिया