९ कार्तिक २०८३, सोमबार

भारतीय दूतावासले नेपाललाई मुछेर किन जारी गर्‍यो सर्कुलर ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ranjit 1काठमाडौं, २० जेठ । भारतले चीनको कैलाश मानसरोवर जाने आफ्ना नागरिकलाई नेपालको नेपालगन्ज–सिमिकोट–हिल्सा मार्ग प्रयोग नगर्न आग्रह गरेको छ ।

काठमाडौंस्थित भारतीय दूतावासले बुधबार ट्राभल एड्भाइजरी जारी गर्दै यस क्षेत्रको मौसम प्रतिकूल रहेकाले मार्ग प्रयोग नगर्न भनेको हो ।

‘ठूलो संख्यामा भारतीय नागरिक निजी पहलमा नेपालगन्ज–सिमिकोट–हिल्सा हुँदै कैलाश मानसरोवर गइरहेका छन् । यीमध्ये केहीले हिल्सा र सिमिकोटमा बसोबासको समस्या भोग्नुपरेको सूचना हामीलाई प्राप्त भएको छ,’ ट्राभल एडभाइजरीमा उल्लेख छ, ‘आगामी साता यी स्थानमा मौसमको अवस्था झन् बिग्रने देखिन्छ । भारतीय नागरिकलाई नेपालगन्ज–सिमिकोट–हिल्सा मार्ग प्रयोग नगर्न हाम्रो सुझाव छ।’

खराब मौसमका कारण हिल्साबाट सिमिकोट र सिमिकोटबाट नेपालगन्ज उद्धार गर्न अप्ठेरो भएको भारतले जनाएको छ । तीर्थयात्रीको समयमै उद्धार गर्न नेपाल सरकार र ट्राभल एजेन्सीको सहयोगमा सबै सम्भावित विकल्प खुला राखिएको समेत बताइएको छ ।

नागरिक दैनिकमा समाचार छ ।