१ कार्तिक २०८३, शनिबार

रोजगार गर्न गएका रेखा र लक्ष्मीले यूएईमा खोले ब्युटीपार्लर

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Beauty-parlar

यूएई । रोजगारी सिलसिलामा युएईमा रहेका सिन्धुपाल्चोकका दिदीबहिनी रेखा र लक्ष्मी कार्की मिलेर युएईको अबुधावी स्थित डिफेन्स रोडमा ‘टप भेनस ब्युटी पार्लर’ नामक सौन्दर्य व्यवसाय संचालनमा ल्याएका छन ।

पहिले काठमाडौंमा ब्युटि पार्लर सञ्चालन गरेर अनुभव एबं सफलता पाएका यी दिदीबहिनीले नेपाली महिलाहरु पनि अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्छन कोहि भन्दा कम छैनन् भनेर देखाउन पनि ब्यावसाय संचालनमा ल्याएको संचालिका रेखा कार्कीले बताएकी छिन ।

करिब एक करोड नेपाली रुपैयाँ लगानीमा सञ्चालनमा ल्याएको बताउदै अर्की संचालिका लक्ष्मी कार्कीले यहाँका स्थानीयले सैलुनको सेवा मन पराएको ‘टप भेनस ब्युटि सैलुन’ लोकल र एसियन मुल लगायत अन्य विदेशीलाई समेत लक्षित गरी सञ्चालनमा ल्याएको बताउँछिन ।

राम्रो स्तरीय र उत्कृष्ट सेवा सुविधा दिएकाले आफूहरुको सैलुनले अबुधावीमा सोचेभन्दा चाँडो लोकप्रियता पाएको उनीहरुको भनाइ छ । अबुधाबीमा सौन्दर्य व्यवसायको भविष्य राम्रो भएको समेत उनीहरुको बुझाइ छ ।

युएईको सातवटै स्टेटमा क्रमशः शाखाहरु खोल्ने लक्ष्य रहेको बताउदै संचालिका रेखा कार्कीले एउटा शाखाचाहिँ चाँडै नै सुरु गर्न प्रकिया पुरा भएको जनाएकी छिन । त्यसपछि अरु शाखाका लागि क्रमशः काम थाल्ने रेखाले बताइन ।

सुरु–सुरुमा सैलुन खासै नचले पनि अहिले लोकप्रियता संगै व्यस्तता थपिएको संचालिका ब्युटिसियन लक्ष्मी कार्की बताउछिन । ब्यबसायीक सफलता संगसंगै सैलुनमा यी दीदीबहिनीले ६ जना अरु व्युटिसियनहरु लाई रोजगार दिँन सफल भएका छन ।

कर्मचारी थपी अझै सेवा र सुबिधा बढाउँदै थप बिस्तारमा जाने सोच भइरहेको उनी बताउछिन ।