१८ कार्तिक २०८३, बुधबार

तमलोपाको प्रथम महाधिवेशन नवलपरासीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jitendra Sonal Tamalopaनवलपरासी, २० जेठ । असारको पहिलो साता नवलपरासीमा हुने तराई मधेस लोकतान्त्रिक पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनका लागि तयारी तीव्रगतिमा अघि बढाइएको छ ।

नवलपरासीमा कुनै पनि राजनीतिक दलको यो पहिलो राष्ट्रिय महाधिवेशन हुन लागेको हो । महाधिवेशन सफल पार्न पार्टीका सबै क्षेत्रका सरोकारवालालाई परिचालन गरी तयारी तीव्र पारिएको पार्टीले जनाएको छ ।

तराई मधेस लोकतान्त्रिक पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ६, ७ र ८ गते नवलपरासीमा गर्दैछ । महाधिवेशनमा देश÷विदेशका नेता प्रतिनिधि आउने भएकाले सभ्य र भव्य रुपमा महाधिवेशन सफल बनाउन कार्यकर्ता परिचालन गरिएको पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वमन्त्री हृदयेश त्रिपाठीले बताउनुभयो ।

महाधिवेशनको उद्घाटन सत्रमा भारतका नेता सलमान खुर्सिद, शरद यादव, सीताराम येचुरी, रघुवंश दास, रामगोपाल यादव लगायतका नेता तथा बेलायत, अमेरिका, बङ्गलादेश गरी विदेशी प्रतिनिधिसमेत आउने पार्टीले जनाएको छ ।

महाधिवेशन सदरमुकाम परासीमा हुनेछ । महाधिवेशन सफल बनाउन सबै कार्य अघि बढाइएको पार्टीले जनाएको छ । महाधिवेशनलाई सफल बनाउन विगत एक महिनाअघि देखि नै पार्टीका वरिष्ठ उपाध्यक्ष त्रिपाठी गृह जिल्ला नवलपरासीमा हुनुहुन्छ । रासस