१८ कार्तिक २०८३, बुधबार

हिन्दु राष्ट्र बनाउन ठाकुरले भाजपाका दुई सांसद ल्याउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bikash-Thakur-Bhagat-Singhकाठमाडौं, २० जेठ । हिन्दू राष्ट्र स्थापनाको अभियानमा सक्रिय युवा हिन्दु जाशक्ति संघ नेपालका अध्यक्ष विकास ठाकुरले भारतीय हिन्दुवादी नेताहरूलाई काठमाडौंमा ल्याएर दबाब सृजना गर्ने बताउनुभएको छ ।

यही जेठ २४ गते सोमबार नयाँदिल्ली जान लाग्नु भएका अध्यक्ष ठाकुरले भारतीय जनता पार्टीका राज्यसभा सांसद डा.सुब्रमन्यम स्वामी र हिन्दु सम्राट तथा यूपीबाट सांसद बनेका योगी आदित्यनाथसँग भेट गर्ने छन् ।

‘काठमाडौं हिन्दु सम्मेलन गर्ने तयारीमा छु’, अध्यक्ष ठाकुरले भन्नुभयो, ‘भारतीय जनता पार्टीका सांसद र वरिष्ठ नेताहरूलाई काठमाडौंमा ल्याएर हिन्दु राष्ट्र स्थापनाका दबाब दिन्छौँ । त्यसका लागि भेटमा आग्रह गर्नेछु ।’

योगी आदित्यनाथ गोरखपुर मन्दिरको मठाधीस पनि हुन् । उनले नेपालमा हिन्दु राष्ट्रस्थापनाका लागि आफ्नोतर्फबाट दबाब दिँदै आएका छन् ।

संविधानमा धर्मनिरपेक्षता शब्दावली राखिएपछि असन्तुष्ट भइ संगठित भएर हिन्दु राष्ट्र स्थापनाको अभियानमा लागेका युवा नेता ठाकुरले सानो स्वरमा भएपनि हिन्दु राष्ट्र स्थापनामा सक्रिय छन् ।