
देशभरको चुनावमा कर्मचारी संगठनको वर्चश्व देखियो, यो जित कसरी सम्भव भयो ?
मैले ३ बर्षदेखि एमाले निकट नेपाल निजामति कर्मचारी संगठनको नेतृत्व गरिरहेको छु । हामी नेतृत्वमा आएपछि संगठनका नीति, कार्यक्रम सही ढंगले संस्थागत रुपमा संचालन ग¥यौँ । कर्मचारीका हितका पक्षमा खरो रुपमा उभियौँ । हाम्रै मेहनतले कर्मचारीको सेवा, सुविधा बृद्धि गर्न पनि सफल भयौँ । त्यसमा यो सरकारको पनि सकरात्मक भूमिका रह्यो । त्यहीकारण कर्मचारी साथीहरुको आकर्षण, भरोसा र विश्वास नेपाल निजामति कर्मचारी संगठनमा देखिएको हो ।
त्यतिमात्र होइन्, अग्रजहरुले देखाइरहेको बाटो, शहिद मनोज जोशी र झपेन्द्र कार्कीले बगाएको रगतको मूल्य, २०४८ सालको ऐतिहासिक ५६ दिने कर्मचारी आन्दोलन र सेवाग्राहीहरुलाई पु¥याएको सेवा र आम कर्मचारीको हितका लागि गरेको कार्य यो सफलताको अर्को कारण हो ।
यसले के संकेत गर्छ ?
निजामति कर्मचारीमा विचारका हिसाबले टे«ड युनियनमा ७० प्रतिशत भन्दा बढी एमालेको पकड रहेको यसले पुष्टि गरेको छ । नेपालको सार्वजनिक प्रशासनमा कर्मचारी संगठनको वर्तमान नेतृत्व सक्षम र जनताको सेवाप्रति प्रतिबद्ध भयो भन्ने पनि देखायो । र, एमाले निकट कर्मचारी संगठन अन्तर्राष्ट्रियस्तरमा समेत छवि बनाउने संगठनका रुपमा स्थापित हुने संकेत यसले देखाएको छ । अब सार्वजनिक प्रशासनको समृद्धिको प्रस्थान बिन्दुको ढोका खुल्नेछ । ट्रेड युनियनलाई मुल्य मान्यता र संस्कारयुक्त बनाइनेछ ।
एमालेलाई चाँहि के सन्देश दिन्छ ?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको बागडोर सम्हालेपछि हामीले उहाँलाई सशक्त रुपमा सहयोग गर्दै आएका छौँ । नेपाली जनतालाई सबैभन्दा राम्रो सेवा यो सरकारले दिइरहेको हाम्रो विश्वास छ । सरकारले राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र राष्ट्रिय गौरब गराइराखेका कारण कर्मचारी संगठनको यो विजयले सरकारलाई थप स्थायित्व प्रदान गर्ने कार्य गर्नेछ ।
कसरी ?
सरकारले ल्याएको नीति, कार्यक्रम तथा योजनालाई अब निर्वाचित हुने आधिकारिक ट्रेड युनियनको नेतृत्वले सफलतामा लैजानेछ । त्यसमा पनि सबै कर्मचारी संगठनहरुलाई एकताबद्ध बनाएर लैजानेछौँ ।
अब आधिकारिक ट्रेड युनियनको नेतृत्व तपाईंको संगठनबाट कस्ले गर्छ ?
संगठनको अधयक्षका नाताले स्वभाविक रुपमा यो निर्वाचनको कमाण्ड मैले गरिरहेको छु । वर्तमान नेतृत्वको अध्यक्षका नाताले पनि आधिकारिक ट्रेड युनियनको नेतृत्वमा साथीहरुले सही, न्यायिक निर्णय विवेकसंगत ढंगबाट प्रदान गर्नेछन् भन्ने मेरो पूर्ण विश्वास लिएको छु ।
प्रस्तुतिः कमलराज भट्ट / दैनिक नेपाल













प्रतिक्रिया