२८ आश्विन २०८३, बुधबार

रामशरण महत दलाल हो, पार्टीबाट निकाल्नुपर्छः सुजाता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसकी नेतृ एवं केन्द्रीय सदस्य सुजाता कोइरालाले अहिलेको एमालेको सरकारले ल्याएको बजेटको विरोध गरिरहेका पूर्व अर्थमन्त्री रामशरण महतलाई ‘दलाल’ भनेकी छिन् ।

विगतमा कांग्रेसको नीतिविरुद्ध बजेट ल्याउने काममा सक्रिय भएको भन्दै सुजाताले महतलाई तत्काल पार्टीबाट निकाल्नुपर्ने माग गरेकी छिन् ।

विराटनगरमा आयोजित एक पत्रकार सम्मेलनमा उनले भनेकी छिन्- ‘एमाले सरकारले ल्याएको बजेटलाई हावादारी भन्ने महत दलाल हो । प्रजातन्त्र समाप्त पार्न महत जस्ता दलालहरु लागिरहेका छन् । ती दलालहरुलाई हामीले पार्टीबाट आजै निष्काशन गर्नुपर्छ ।’

उनले महतसँग ग्रीनकार्ड भए छानविन गरी सजायँ दिनुपर्ने बताउँदै यस्ता मानिसलाई निकाष्सन नगरे पार्टी नसुर्धिने बताइन् ।

हेर्नुस् भिडियो: