
– प्रकाशचन्द्र बुढाऐर
डडेल्धुरा, १९ जेठ । नेपालकै वरिष्ठ चिकित्सक तथा मुटु रोग विशेषज्ञ डा. भगवान कोइराला डडेल्धुरा आउने भएका छन् ।
वरिष्ठ समाजसेवी महिला सभाषद् डा. आरजु राणा देउवाको निजी सहयोगमा जेठ ३० र ३१ गते उपक्षेत्रीय अस्पताल डडेल्धुरामा आयोजना हुने निशुल्क मुटु रोग शिविरका लागि डा. भगवान डडेल्धुरा आउने भएका हुन् ।
रुडुक संस्थाले निशुल्क मुटु रोग शिविरमा जयन्ती मेमोयिल ट्रस्टसंग संयोजन गरेर वरिष्ट चिकित्सक समेत रहेका डा. भगवान कोइरालासहितको डाक्टरहरुको समूहबाट विरामीहरुको उपचारको व्यवस्था गरेको छ ।
उप–क्षेत्रीय अस्पताल डडेल्धुरा संगको सहकार्यमा भइरहेको यो शिविरबाट अधिकांश मुटुरोगीहरुले सेवा पाउने विश्वास आयोजकले गरेको छ । शिविर संञ्चालनको सम्पुर्ण तयारी भइरहेको उप–क्षेत्रीय अस्पताल विकास समितिका अध्यक्ष लक्ष्मण सिंहले बताए ।
डा. राणा देउवा संस्थापक रहेको रुडुकले २० बर्षदेखी विविध सेवा मूलक कार्यक्रमहरुबाट यस क्षेत्रको नागरिकको उत्थान र सहयोगको लागि कार्य गरिरहेको छ । सम्वन्धित विरामीहरुले जेठ २९ गतेसम्म विहान १० बजेबाट बेलुकी ४ बजेको समयमा फोनबाट समेत नाम दर्ता गराउन सक्ने व्यवस्था मिलाइएको उपक्षेत्रीय अस्पताल विकास समितिले जनाएको छ ।
सुदूरपश्चिम क्षेत्रमा विगत केही समय यता मुटुरोगीको बढ्दो तथ्याङ्क र पिछडिएको तथा आर्थिक अवस्था नाजुक भएका कारण उपचारमा कठिनाई हुने समस्यालाई मध्यनजर गरि डा. आरजु राणा देउवाले स्वास्थ्यमा सवैको समान अधिकार र पहुँच हुनुपर्छ भन्ने उद्देश्यले यो शिविर आयोजना गर्न लागेको राणालाई उद्धृत गर्दै आयोजक संस्था सेभ दि ओमेनका अध्यक्ष सरस्वती खड्काले बताइन् ।












प्रतिक्रिया