– योगेन्द्र योगी
संखुवासभा, १९ जेठ । जिल्ला कारागार संखुवासभामा एकजना कैदीले शौचालयमा झुण्डिएर आत्महत्या गरेका छन् ।
ज्यान मुद्दामा सजाय भोगिरहेका पाथीभरा–७ का रामबहादुर राईले मुढा बनाउन तयार पारिएको डोरीमा झुण्डिएर आत्महत्या गरेको संखुवासभा प्रहरीले जनाएको छ ।
राई २०७० वैशाख १८ गतेबाट कारागारमा कैदी जीवन बिताइरहेको जेलर खेमराज आचार्यले जानकारी दिए ।
उनको शव जिल्ला अस्पताल खाँदबारीमा पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाइने डीएसपी गौतमकुमार केसीले बताए ।













प्रतिक्रिया