१ कार्तिक २०८३, शनिबार

न्यूयोर्कमा साकेला पर्ब मनाइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

??????????

न्यूयोर्क । आफ्नो कला संस्कृतिको जगेर्ना गर्ने अभिप्रायले केआर एसले यो बर्ष उधौली साकेला पर्ब अघिल्लोहरुमा झै क्विन्स बृज पार्कमा आगामी जुन महिना को ५ तारिख आइतबार गर्ने निर्णय गरेको छ ।

सम्पूर्ण किरात राई जातिहरुको सम्बृद्धि, उन्नति र प्रगतिको हितमा काम गर्दै त्यही संस्कारलाई निरन्तरता दिँदै नयाँ पुस्तालाई हस्तान्तरण गर्ने कुरा कार्यक्रममा बोर्ड अफ डिरेक्टर प्रताप राईले बताउनुभयो ।

किरात राईहरुको आफ्नो कला संस्कृतिका साथै भाईचारा बढाउने उद्देश्यले २००३ मा अमेरिकामा स्थापना भएको किरात राई सोसाइटी अमेरिकाले आफ्नो बिभिन्न गतिबिधि सञ्चालन गर्दै हरेक साल २ पटक साकेला उभौली र उधौली पर्बको रुपमा अमेरिकामा मनाउदै आएको छ । उभौली पर्ब वैशाख पुर्णिमादेखी एक महिनासम्म र उघौली पर्ब पनि मङ्सिर पुर्णिमा देखी एक महिनासम्म मनाउने गरिन्छ ।

किरात राइ सोसाइटी अमेरिकाले भर्खरै २०१६ मे २१ र २२ तारिख कोलोराडोमा भएको संस्था को केन्द्रिय महाधिबेशनद्वारा नयाँ नेतृत्व चयन गरेको थियो । न्यूयोर्कस्थित उक्त कार्यक्रममा चुलो घर बनाउने कुरा पनि उल्लेख गरिएको थियो । राई संस्कृतिमा कन्यादान दिँदा र बुहारी भित्र्याउदा चुलो देखाउने परम्परा रही आएको छ । त्यसका निमित्त नयाँ कार्यसमितिले चुलो घर निर्माणमा प्रक्रियाहरु थालिसकेको छ भने देखी दाहसंस्कार को लागि पनि कार्यहरुको जानकारी पत्रकार सम्मेलनमा गरिएको थियो ।