१८ कार्तिक २०८३, बुधबार

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध, दर्जन स्थानमा पहिरो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mulin-Nrayanghad Sadakचितवन, १९ जेठ । वर्षासँगै झरेको पहिरोका कारण चितवनको नारायणगढ–मुग्लिन सडक अबरुद्ध भएको छ । सडक अबरुद्ध हुँदा सैयौँ सवारी साधन र यात्रु सडकमा अलपत्र परेका छन् ।

एक दर्जनभन्दा बढी स्थानमा वर्षासँगै पहिरो झरेको छ । पहिरोका कारण सवारी साधनको आवागमन पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । पहिरो आज बिहान ३ बजेबाट खस्न सुरू गरेको थियो ।

अबरुद्ध सडकलाई खोल्नका लागि २ वटा लोडरको प्रयोग गरेर पहिरो हटाउने कार्य भैरहेको ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक योगेन्द्रबहादुर हमालले जानकारी दिनु भएको छ ।