१८ कार्तिक २०८३, बुधबार

पूर्व अध्यक्ष गाउँले र स्थानीय पत्रकार भण्डारी सम्मानित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

siba gaulay

– कृष्ण ओझा
पाँचथर, १८ जेठ । नेपाल पत्रकार महासंघका निर्वतमान अध्यक्ष शिव गाउँले र स्थानीय युवा पत्रकार जितेन्द्र भण्डारी सम्मानित भएका छन् ।

नेपाल पत्रकार महासंघ शाखा पाँचथरको आयोजनमा मंगलबार आयोजित कार्यक्रममा दुई पत्रकारलाई सम्मान गरिएको हो ।

स्वतन्त्र सेनानी पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघ निर्वतमान अध्यक्ष गाउँले र सेनानी पत्रकारिता पुस्कारबाट इगल एफएमका स्टेशन म्यानजेर, रासस, इमेज च्यानल, कालिका एफएम र पूर्वेली अनलाइनका सम्बाददाता जितेन्द्र भण्डारी सम्मानित भए ।

jbbbbj

गाउँलेलाई लोकतान्तत्रिक गणतन्त्र स्थापनाका लागि अमूल्य योगदान पुर्याएको भन्दै ११ हजार १ सय ११ रुपैयाँको पुरस्कारको राशीले सम्मान गरियो भने भण्डारीलाई ५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरियो । दुबैलाई सभासद तथा उद्योग बाणिज्य हित सम्बद्ध संंसदीय समितिका सभापति भिष्मराज आङदेम्बेले सम्मानपत्र प्रदान गरे ।

स्वतन्त्र सेनानी पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ शाखा पाँचथरले स्थापना गरेको हो । यो पुरस्कारको स्थापना अध्यक्ष लवदेव ढुंगानाले लोकतन्त्रका लागी लडेका लागि आफै स्थापना गरेका थिए ।

सम्मान समारोहमा पत्रकार महासंघका पुर्व अध्यक्ष धर्मेन्द्र झा, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसी लगायतको उपस्थिती थियो ।