त्रिलोचन कोइराला
युएइ । रोजगरिका लागि युएइमा रहेका नेपालीहरुले जिल्लागत संघसस्था स्थापना गर्ने लहर अहिले निक्कै बढेको छ ।
यही शिलशीलामा अगस्ट ८ तारिकमा दुबईको याक एण्ड यति रेस्टुरेन्टमा भएको काभ्रेलीहरुको एक भेलाले काभ्रे संपर्क समिती युएई स्थापना गरेको छ ्र
प्रवासमा रहंदा दुःखमा परेका काभ्रेली तथा नेपालीहरूलाई सहयोग गर्ने मुख्य उद्देश्यले समिति गठन गरेको बताइएको छ ।
भेलाले दामोदर दाहालको संयोजनमा एक तदर्थ समिति बनाएको छ । सम्पर्क समितिले नेपाली कलासंस्कृति, नेपाल र नेपालीको पहिचान गराउँदै आफ्नो राष्ट्र र गृहजिल्लाको नाम उच्च बनाउन सामाजिक सेवाको क्षेत्रमा सदैब अग्रसर हुने बताएको छ ।
प्रवासमा आर्जन गरेको आम्दानीको केही अंश गृहजिल्लामा रहेका अनाथ, असहाय, गरिब तथा पिछडिएका समुदायको शैक्षिक, आर्थिक र सामाजिक विकासमा सहयोग पुर्याउने उद्देश्य पनि उक्त समाजले लिएको छ ।
सामाजिक परोपकारी कामहरुलाई निरन्तरता दिदै सक्दो सहयोग गर्ने र जिल्लाका दुर्गम तथा पिछडिएका ग्रामिण भेगमा शिक्षा र स्वास्थ्य संग सम्वन्धित विषयमा काम गर्ने तथा सामुदायीक संघ संस्थाहरुलाई सहयोग गर्ने संयोजक दाहालले बताउनुभयो ।
सहसंयोजक दिलकुमार लामा , कोषाध्यक्ष अशोक बाँनिया, सचिव विश्व सापकोटा रहेको तदर्थ सम्पर्क समितिको सदस्यहरुमा बच्चुप्रसाद न्यौपाने, नबराज ढकाल, सबुज सोनार, सानु माया तमाङ , प्रकाश लामिछाने छन ।
समितिले बिभिन्न सम्भावनाले युक्त जिल्लाको रुपमा परिचित काभ्रेको कला सँस्कृति र धार्मिक सम्पदाको विकासमा सम्पर्क समितिले युएर्इले यहाँ रहेका अन्य सामाजिक संघसस्था तथा नेपालका सामाजिक सस्थासंग समन्वय गरेर अगाडी बढ्ने जनाएको छ ।














प्रतिक्रिया