प्युठान, १८ जेठ । प्युठानमा एक पुरुषले आफ्नै भाउजुको कुटेर हत्या गरेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कुटपिटबाट गम्भीर घाइते भएकी बादीकोट–४ गडेरपानी बस्ने ४३ बर्षीया मिना थापाको उपचारको क्रममा मृत्यु भएको हो ।
उनलाई आइतबार देवर नाता पर्ने ४२ बर्षीय पूर्णबहादुर थापाले लेनदेनको बिषयमा कुरा नमिलेर विवाद भई कुटपिट गर्दा घाइते भएकोले उपचारको लागि बुटवल अस्पताल लगिएकोमा उपचारको क्रममा सोमबार मृत्यु भएको थियो ।
अभियुक्त पूर्णबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया