काठमाडौं, १८ जेठ । संघीय समाजबादी फोरम नेपालका उपमहासचिव तथा सांसद अभिषेक प्रताप साह र भारतीय गृहमन्त्री राजनाथ सिंहबीच आज नयाँदिल्लीमा भेटवार्ता भएको छ ।
भेटमा मधेश आन्दोलन र नेपाल–भारत समबन्धका बिषयमा बिशेष कुराकानी भएको स्रोतले जानकारी दिएको छ ।
सांसद शाहले मधेशी, दलित, आदिवासी, जनजाती सम्मिलित संघीय गठवन्धनले १५ दिनसम्म काठमांडौ केन्द्रित आन्दोलन गर्दा पनि नेपाल सरकारले नसुनेको जानकारी गृहमन्त्री सिंहलाई गराउनु भएको थियो ।
बिगत केही समय देखी चिसिएको नेपाल भारत समबन्धको कारण उत्पन्न परिष्ठितिले कसैको भलो नहुने र यसले निकै नकारात्मक प्रभाव परेको भन्दै सांसद शाहले समबन्ध सुधार्न निर्णायक पहल हुनुपर्ने बताएका थिए ।
त्यस्तै, सांसद शाहले गुलरिया बोर्डरमा उचित ब्यवस्थापन नभएको कारण जनताले सास्ती भोग्नुपरेकोले बोर्डर खुलाईदिन र उचित ब्यवस्थापन गराईदिनु हुन गृहमन्त्री सिंहलाई आग्रह गरेका छन् ।
जवाफमा गृहमन्त्री सिंहले नेपालमा बर्षौदेखी बिभेदमा रहेका मधेशीले अधिकार नपाएसम्म नेपालमा शान्ति, स्थायित्व र विकास नहुने बताएका छन् । उनले भारतले नेपाललाई एक असल छिमेकीको रुपमा मानेको र नेपालमा शान्ति, स्थायित्व र विकासको लागि सहयोग गर्न हमेशा तयार रहेको पनि बताए ।
भारतले कहिल्यै पनि नेपालमा हस्तक्षेप नगरेको दाबी गर्दै हामीले सल्लाह सुझाव मात्रै दिने गरेको गृहमन्त्री सिंहले बताउनुभयो । नेपाल भारत सम्बन्ध छिट्टै सुध्रिने विश्वास ब्यक्त गर्दै सिंहले गुलरिया बोर्डरमा छिट्टै सुरक्षा ब्यवस्थाको प्रवर्द्धन हुने र बोर्डर नियमित रुपमा खुल्ने बताए ।













प्रतिक्रिया