न्युयोर्क । बिगत ८ वर्षदेखि अमेरिकाको न्युयोर्कमा बस्दै आएका इन्जिनियर संजय थापालाई अमेरिकामा सोसियल हिरोको अवार्ड दिइएको छ ।
ब्लड डोनर्स अफ अमेरिका र सोसाइटी अफ अमेरिकी नेप्लिज नर्सेस्को संयुक्त निर्णयबाट सामाजिक अगुवा थापालार्इ सम्मानित गरिएको हो ।
थापाले न्युयोर्कमा रहेको ब्लड डोनर्स अफ अमेरिकाले आयोजना गरेका हरेक इभेन्टमा रक्तदान गर्दै आएका छन् । व्यक्तिगत हिसाबबाट विभिन्न हस्पिटलहरुमा गरि झण्डै ५५ पटक रक्तदान गरेका कारण र न्युयोर्कको हरेक कार्यक्रममा उनको चर्चा हुने गरेको छ ।
प्रवासी नेपाली मञ्चका अमेरिकाको बिगत ३ वर्षदेखि अध्यक्ष रहेका थापाले मंचलार्इ अमेरिकाका विभिन्न सिटीहरुमा सम्मानित संस्थाको रुपमा चिनाउने काम गरेका छन् ।















प्रतिक्रिया