१८ कार्तिक २०८३, बुधबार

सरकारलाई समर्थन गरेकै दलबाट अर्थमन्त्रीले राजीनामा माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

narayan manभक्तपुर, १८ जेठ । सरकारलाई समर्थन गरेको दल नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले बजेट बिदेशी सहयोग र अनुदानमा निर्भर रहेको आरोप लगाउनु भएको छ ।

रफत सञ्चार क्लबले आज भक्तपुरमा आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै उहाँले वर्तमान बजेट नेपाल र नेपालीको आत्मनिर्भरताभन्दा पनि बिदेशीको सहयोगमा भएकाले यसको कार्यान्वयनमा जटिलताका साथै परनिर्भर रहेको बताउनु भयो ।

बिजुक्छेंले वर्तमान बजेट आउनु अगावै बिभिन्न स्थानमा बजेटबारे जानकारी हुनुले बिभिन्न क्षेत्रका ब्यक्तिहरूले लाभ लिएको बताउनुभयो ।

उहाँले कांग्रेसले संसद अवरोध गर्नु जायज भएको भन्दै यदी यसो हो भने नैतिकताको आधारमा अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताउनु भयो ।

सरकार परिवर्तनका लागि भारतका दूतहरूको चलखेल सुरु भएको भन्दै बिजुक्छेंले कांग्रेस, मधेसवादी, राप्रपा नेपाललगायतका राजनीतिक दलहरूको समीकरणमा सरकार निर्माणको प्रयास जारी रहेको बताउनु भयो ।