काठमाडौं, १८ जेठ । सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीले आज आफ्नो स्थापना दिवस मनाउँदैछ ।
आफ्नो स्थापना दिवसका अवसरमा काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्याङ्केटमा राप्रपाले चियापान कार्यक्रम राखेको सहप्रवक्ता किरण गिरीले जानकारी दिनुभयो ।
‘पार्टी स्थापना भएको खुसीयालीमा शुभकामना आदान प्रदान गर्न चियापान कार्यक्रम राखेका छौं’, उहाँले भन्नुभयो ।
चियापान कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ता, शुभेच्छकसहित विभिन्न क्षेत्रका व्यक्तिहरूलाई पनि बोलाइएको छ ।
चियापानमा आउने पाहुनालाई राप्रपाका शीर्ष नेताहरूले स्वागत गर्ने छन् ।












प्रतिक्रिया