रसुवा, २४ साउन । राष्ट्र शान्ति, विश्वकल्याणको कामना गर्दै दक्षिणी रसुवाका भक्तजनहरुले पहिलो पटक गोसाइँकुण्ड बोलबम यात्रा शनिवारबाट सुरु गरेका छन् ।
पण्डित नारायणप्रसाद देवकोटाको अगुवाइमा सुरु भएको बोलबमका यात्रुले खाली पैदल गोसाइँकुण्ड पुगी लिइएको जल पशुपतिनाथमा चढाउने कार्यक्रम रहेको आयोजकहरुले बताएका छन् ।
छत्र नचाउँदै भजनकीर्तनका साथ देशमा संविधान बनोस् भयरहित वातावरणमा जीउन पाउने अधिकारको सुनिश्चित होस् भन्ने कामनाका साथ बोलबमका यात्रुहरु पवित्र तीर्थतर्फ अगाडि बढिरहेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।
















प्रतिक्रिया