१ कार्तिक २०८३, शनिबार

यी हुन् सिक्किमकी उद्यमी प्रथम महिला !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sikkim जगन दाहाल
सिक्किम । सिक्किम सरकारको दूरगामी सोचलाई राज्यका केही युवाहरूले सकारात्मक रुपमा प्रयोग गरिरहेका छन् । शिक्षित युवाहरूलाई कार्य क्षमतामा पनि दक्ष गराउने उद्देश्यले राज्य सरकारले विभिन्न योजनाहरू तयार गरिदिएको छ ।

 

राज्य सरकारका योजनाहरूसित हातेमालो गर्न सक्षम युवाहरूले आज हरेक क्षेत्रमा आफ्नो नाम रोशन गरिरहेछन् । सरकारका योजनाहरू चिन्ने र जान्ने युवाहरूले आज बेरोजगारीको समस्यामा परेर जीवनलाई निरर्थक बनाउनु परेको छैन ।

 

सिक्किम सरकारले युवाहरूलाई शैक्षिक योग्यताको साथ क्षमता विकासको पनि योजना तयार गरिदिएको छ । क्षमता विकास केन्द्रबाट तालिम लिएका हजारौं युवाहरूमा केही मात्रामा यस्ता पनि छन् जसले आज आफूले लिएको तालिमलाई आफ्नो व्यवसाय बनाएर राज्य रिकर्ड बनाउन पनि सक्षम बनेका छन् ।

 

राज्य सरकारको उपक्रम क्षमता विकास तालिम केन्द्रबाट प्रशिक्षित रिञ्जिङडोमा भोटिया (रिन्छोन) सिक्किमकी प्रथम प्याराग्लाइडिङ पाइलट बनेकी छन् । पश्चिम सिक्किम सोमबारिया निवासी सोनाम ग्याछो भोटिया तथा काजीमित लेप्चकी छोरी २७ वर्षीया रिञ्जिङ डोमा भोटिया राज्यकै प्रथम महिला प्याराग्लाइडिङ पाइलट बनेकी छिन् ।

 

उनले हाल पश्चिम सिक्किमको पेलिङमा हाई फ्लाई सिक्किम नामक प्याराग्लाइडिङ कमर्सियल फ्लाईट आरम्भ गरेकी छन् । तिनले आफू स्वनिर्भर बन्नका साथै ५ जनालाई रोजगार पनि दिएकी छन् । आफूले अन्तरराष्ट्रिय प्याराग्लाइडिङ प्रतियागितामा पनि भारतको प्रतिनिधित्व गरेको पनि जानकारी गराएकी छिन् ।

 

अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने आफू प्रथम भारतीय महिला रहेको उनले जानकारी बताइऩ् । उनले वर्ष २०११ मा हिमालयन इण्टरनेश्नल प्याराग्लाइडिङ च्यामपियनशिपमा भाग लिएर भारत देशलाई प्रतिनिधित्व गरेकी थिइन् ।