१८ कार्तिक २०८३, बुधबार

चिनियाँ लामा शेरब दोर्जेको काठमाडौंमा निधन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ जेठ । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धस्थित ऐतिहासिक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण बौद्ध घ्याङ गुठीका अध्यक्ष चिनियाँ लामा शेरब दोर्जेको आइतबार निधन भएको छ ।

असी वर्षीय लामा सामान्य बिरामी थिए। उनी गुरु ल्हाखाङ चिनियाँ लामा गुम्बा र उर्गेन छ्योलिङ गुम्बाको पनि प्रमुख लामा थिए । बौद्ध र मेलम्ची घ्याङ गुठी क्षेत्रको धार्मिक र सामाजिक काममा महत्वपूर्ण योगदान पुर्याएका लामाको मङ्गलबार टेकुस्थित रमा ढोली धुकी (चिहान)मा बौद्ध परम्पराअनुसार अन्तिम संस्कार गरिने गुठीका सचिवसमेत रहेका उनका छोरा किरणकुमार लामाले बताए।

गुरु ल्हाखाङ चिनियाँ लामा गुम्बाको बौद्ध घ्याङ गुठी कामनपा–६ मा छ भने उर्गेन छ्योलिङ गुम्बाको मेलम्ची घ्याङ गुठी सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाविस–६ मा छ। दुई सय वर्षअघि बौद्ध र मेलम्ची क्षेत्रका गुम्बामा बौद्ध परम्पराअनुसार पूजा सञ्चालनका लागि चीनका लामा ताइखोसिङलाई नेपाल ल्याइएपछि उनका सन्ततिलाई चिनियाँ लामा भन्न थालिएको थियो । शेरब दोर्जे उनकै सन्तति हुन्। ञिङ्मा, शाक्य र कग्युपा लामा गुरुबाट पूजापाठ गरी उनको अन्तिम संस्कार मङ्गलबार गरिनेछ । शेरब दोर्जेका श्रीमती र दुई छोरा छन्। रासस