– सरु शर्मा
परासी, १७ जेठ । नवलपरासीमा गाडिको ठक्करबाट एक बालकको ज्यान गएको छ ।
बैदौली ८ बसहियास्थित भित्रि सडक खण्डमा बसहियाबाट बर्दघाटतर्फ आउदै गरेको ना २ ख ८८ ८० नम्बरको दुध बोक्ने टयाङकरको ठक्करबाट गम्भिर घाईते भएका बैदोली ८ बस्ने हरि लुहल पासिका ५ बर्षीय छोरा सनि पासिको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवपरासीले जानकारी दिएको छ ।
विहान १० बजे गाडिको ठक्करबाट घाइते भएका बालकको उपचारकोे क्रममा पृथ्वीचन्द्र अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्याङकर र ट्याङकरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।













प्रतिक्रिया