१८ कार्तिक २०८३, बुधबार

कांग्रेस नेता कार्कीलाई पत्नीशोक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gyanendra-karki

काठमाडौं, १७ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पत्नी शोक परेको छ ।

कार्कीकी ५८ वर्षीया श्रीमती आबु राणा कार्कीको सोमबार निधन भएको छ । धापासीस्थित ग्रान्डी अस्पतालबाट घर लैजानेक्रममा उनको बाटैमा निधन भएको हो ।

रत्न राज्यलक्ष्मी क्याम्पसकी उपप्राध्यापक कार्की क्यान्सर पीडित थिइन् ।

कार्कीको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।