पाँचथर, १७ जेठ । पाँचथरमा जंगली च्याउ खाँदा पाँच जनाको मृत्यु भएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार आङना गाबिस–१ बस्ने ३६ वर्षीय बिरेन्द्र माङ्लाकको घरमा जंगलबाट ल्याएको च्याउ खाँदा ५ जनाको मृत्यु भएको हो ।
जंगली च्याउ खाएर मृत्यु हुनेहरुमा माङ्लाकको छोरीहरु ५ वर्षीया सानी माङ्लाक, १३ वर्षीया कबिता माङ्लाक तथा ४५ वर्षीया पदममाया माङ्लाक, सोही ठाउँ बस्ने ३९ वर्षीय मनकुमारी माङ्लाक र नागीथर्पु–६ बस्ने ११ वर्षीया एलिजा माबो रहेका छन् ।
गत जेठ १० गते जंगलबाट ल्याएको च्याउ खाँदा बिरामी भएका उनीहरुलाई जेठ १२ गते स्थानीय क्लिनिक हुँदै थप उपचारको लागि दमकस्थित आम्दा अस्पताल लगिएकोमा उपचारको क्रममा सानी माङ्लाकको जेठ १३ गते, कबिता माङ्लाक जेठ १४ गते धरान घोपा अस्पतालमा, पदममाया माङ्लाकको जेठ १५ गते नोबेल अस्पताल बिराटनगरमा तथा जेठ १६ गते मनकुमारी माङ्लाकको नोबेल अस्पताल बिराटनगरमा र एलिजा माबोको जिल्ला अस्पताल फिदिममा उपचारको क्रममा मृत्यु भएको हो ।












प्रतिक्रिया