१८ कार्तिक २०८३, बुधबार

पत्रकार शर्माको उपचारमा सहयोग अभियान सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Fnj-logoकाठमाडौं, १७ जेठ । नेपाल पत्रकार महासंघले ब्लड क्यान्सरबाट गम्भीर विरामी भई भक्तपुर अस्पतालमा उपचार गराइरहनु भएका अग्रज पत्रकार एवं महासंघ सल्यान शाखाका अध्यक्ष शालिकराम शर्माको उपचारमा आर्थिक सहयोग पुर्याउन ‘पत्रकार शालिकराम शर्मा उपचार अभियान’ सुरु गरेको छ ।

सल्यानी सन्देश र रेडियो शारदा एफएममा आवद्ध पत्रकार शर्माको निजी स्रोतबाट उपचार गराउन सम्भव नभएपछि उपचारमा आर्थिक सहयोग जुटाउन महासंघले यो अभियान सुरु गरेको हो ।

मोफसलको पत्रकारितामा दुई दशकदेखि सक्रिय श्रमजीवी पत्रकार शर्माको उपचारमा आ–आफ्नो शाखा मार्फत सहयोग पुर्याउन महासंघले अपिल गरेको छ ।

अभियानको आरम्भ गर्दै महासंघका तर्फबाट पत्रकार शर्माको उपचारका लागि स्थापना गरिएको सहयोग खातामा आजै महासंघले २५ हजार रुपैयाँ सहयोग जम्मा गरेको छ ।

सहयोग गर्न चाहने शाखा तथा इच्छुक पत्रकार तथा सह्दयी महानुभावलाई महासंघको केन्द्रको नाममा रहेको बबरमहलस्थित एनएमबी बैंक लिमिटेडको चल्ती खाता Federation of Nepali Journalist ००१००६००१४०८६२०००००१ मा सहयोग जम्मा गरिदिनुहुन अपिल समेत गरेको छ ।