१८ कार्तिक २०८३, बुधबार

छोरा बुहारीलाई बन्चरो प्रहार गरी मार्न खोज्ने बाबुआमा पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bancheroतनहुँ, १७ जेठ । तनहुँमा छोराबुहारी मार्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार आफ्नै छोरा र बुहारीलाई बन्चरो प्रहार गरेको अभियोगमा मनपाङ–६ बस्ने ५५ वर्षीय भद्रबहादुर कुमाल र ५२ वर्षीया जुठी कुमाललाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले आइतबार राति घरायसी बादबिबादमा २९ वर्षीय छोरा कृष्ण बहादुर कुमाल र २५ वर्षीया बुहारी तारा कुमाललाई बन्चरोले टाउकोमा प्रहार गर्दा दुबै जना गम्भीर घाइते भएकोले उपचारको लागि दमौली अस्पताल हुँदै पोखरातर्फ लगिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।