१ कार्तिक २०८३, शनिबार

रमेश खरेलले अन्तर्राष्ट्रिय प्रहरीको कमाण्ड सम्हाल्ने, सुडान जाँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramesh-kharel

काठमाडौं, १७ जेठ । नेपाल प्रहरी चर्चित प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश खरेलले अन्तर्राष्ट्रिय प्रहरीको कमाण्ड सम्हाल्ने भएका छन् ।

नेपालमा राम्रो काम गर्दागर्दै पनि सत्य गर्दा बोल्दा कारवाहीमा परेका एसएसपी खरेलले अब भने अन्तर्राष्ट्रिय प्रहरीको कमाण्ड गर्ने जिम्मा पाएका हुन् ।

यसैका लागि खरेल मंगलबार (भोली) सुडान जाँदैछन् । त्यहाँ उनले ४९ वटा राष्ट्रका प्रहरी अधिकारीहरुको कमाण्डिङ गर्नेछन् ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी माधव जोशीका अनुसार खरेललाई सुडानको डरफोर क्षेत्रस्थित जलिंगाईको सेक्टर कमाण्डरको जिम्मेवारीसहित पठाउन लागिएको हो ।

उनी त्यहाँ पी फोर(४) अन्तर्गत एक वर्षसम्म कार्यरत रहनेछन् । यो संयुक्त राष्ट्रसंघले खटाएको शान्ति सेनाभन्दा अलग्गै फोर्स हो ।

एसएसपी खरेलले पनि आफू अन्तर्राष्ट्रिय प्रहरीको कमाण्ड गर्न सुडान जान लागेको दैनिक नेपाललाई जानकारी दिए ।

एक समय काठमाडौं उपत्यकामा गुण्डागर्दी नियन्त्रण अभियान सञ्चालन तथा अन्य कार्य गरेर चर्चामा आएका खरेल आफ्नो एउटा भाषणका कारण विवादमा तानिएका थिए । त्यसपछि उनलाई सरुवा गरी तालिम केन्द्र पठाइएको थियो ।

उनले राजधानीमा आयोजित एक कार्यक्रममा डिआइजी बढुवाका लागि प्रहरी अधिकृतहरु ब्रिफकेस लिएर शक्तिकेन्द्र धाउने गरेको अभिव्यक्ति दिएका थिए । जो निकै विवादित बन्यो ।