चन्द्रगढी, १७ जेठ । ‘राष्ट्र सेवकहरुको आव्हान, नेपाल निजामती कर्मचारीहरुलाई मतदान’ नाराका साथ नेपाल निजामती कर्मचारी संगठनले आज सदरमुकाममा जुलुस प्रदर्शन गरेको छ ।
यही जेठ १९ गते हुन गइरहेको नेपालको निजामती क्षेत्रको पहिलो आधिकारिक निर्वाचनमा नेपाल निजामती कर्मचारी संगठनमा मतदान गरौं भन्दै प्रचार प्रसारको अन्तिम क्षणमा सोमबार चन्द्रगढीमा जुलुस प्रदर्शन गरेको हो । नेपाल निजामती कर्मचारी संगठनका पूर्व केन्द्रीय उपाध्यक्ष तथा नेगो चुनाव प्रचार समितिका संयोजक देवराज कार्कीले चुनाव संगठनले जिती सकेको प्रविधिक रुपले प्रमाण पत्र लिन बाँकी रहेको बताउनु भयो ।

‘निजामती कर्मचारीहरुको काँधमा देश पुननिर्माण गर्नु पर्ने जिम्मेवारी आएको बताउँदै कार्कीले भन्नुभयो नेपालका निजामती कर्मचारीहरुको पारिश्रमिक अत्यन्तै न्यू भएकोले कम्तीमा कार्यालय सहयोगीहरुको तलव न्युनतम ३० हजार रुपैया माग गरेको सरकाले २५ प्रतिशत मात्रै बढाएको बताउनु भयो । उहाँले देशलाई पुनसंरचना गर्नु पर्छ भन्दै सरकारले १० खर्वको बजेट बनाएको र त्यसको सम्पूर्ण कार्यक्रम कर्मचारीहरुले गर्नु पर्ने भएकोले सिविए निर्वाचनमा संगठन बाहे अरु नभएको बताउनु भयो ।
प्रदर्शनमा नेपाल निजामती कर्मचारी संगठन झापाका अध्यक्ष लक्ष्मी गुरागाई, झापा इन्चार्ज जानुका गुरागाई यो निर्वाचनमा संगठनलाई सघाउन आग्रह गर्नु भयो । सञ्चालन निरोज कट्टेलले सञलन गर्नु भएको थियो ।
जेठ १९ गते हुने निर्वाचनमा नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन (संघ), नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन लगायत ६ वटा संघ–संगठनहरुले भाग लिइरहेका छन् ।













प्रतिक्रिया