३० आश्विन २०८३, शुक्रबार

बाढी पीडितका लागि चितवनमा पनि राहत संकलन सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunkoshi-pahiro

चितवन, २४ साउन । सिन्धुपाल्चोकको जुरे क्षेत्रको पहिरो पीडितको सहयोगका लागि चितवनमा राहत संकलन सुरु भएको छ ।

चितवनको रत्ननगरबाट यो अभियान सुरु भएको हो । अहिलेसम्म करिब एक लाख रकम सङ्कलन भएको छ ।

रत्ननगरमा रहेको लियोलायन्स तथा रोटरी क्लब एवम् रत्ननगर उद्योग वाणिज्य संघले आर्थिक सहयोग संकलन थालेको हो ।

रत्ननगरमा मात्रै आजसम्म ६३ हजार रकम संकलन भएको र अन्य क्षेत्रको गरी करिब एक लाख संकलन भएको छ । सहयोग संकलन जारी रहेको संघले जनाएको छ । बजारमा ब्यानर नै लिएर सहयोग सङ्कलन थालेको स्थानीय विकास पौडेलले बताउनुभयो ।

यस्तै चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसमा पनि स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा सहयोग संकलन सुरु भएको अध्यक्ष नीरज भट्टले बताउनुभयो ।

संकलित रकम जिल्लास्थित विपद् व्यवस्थापन समितिमार्फत सहयोग उपलब्ध गराइने अभियानकर्ताहरुले बताएका छन् ।