१८ कार्तिक २०८३, बुधबार

प्रचण्ड र वैद्य माओवादीसम्बद्ध कर्मचारी संगठनबीच एकता, ट्रेड युनियन चुनाव मिलेर लड्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda-and-Baidhya

काठमाडौं, १७ जेठ । प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र मोहन वैद्य नेतृत्को नेकपा क्रान्तिकारी माओवादी निकट दुई कर्मचारी संगठनबीच एकता भएको छ ।

यही जेठ १९ गते हुने ट्रेड युनियन निर्वाचनलाई लक्षित गरी प्रचण्ड माओवादी निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन र वैद्य निकट राष्ट्रिय कर्मचारी संगठनबीच सोमबार संगठनात्मक एकता गर्ने निर्णय भएको हो ।

नेपाल राष्ट्रिय कर्मचारी संगठनका प्रवक्ता अम्बादत्त भट्टका दुई संगठनबीच तीन बुँदे सहमति भएको छ ।

जसमा दुबै संगठनबीच एकीकरणका लागि यथाशिघ्र दुबै केन्द्रीय कार्यासमितिको संयुक्त एकता भेला गरी आपसी सहमतिको आधारमा नेतृत्व लगायत संगठनात्मक संरचना निर्माण गर्ने, यही जेठ १९ गते हुन लागेको निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन चुनावको लागि ‘नेपाल राष्ट्रिय कर्मचारी संगठन’को नाममा निर्वाचनमा भाग लिने, दुबै संगठनले उक्त नेपाल राष्ट्रिय कर्मचारी संगठनको नाममा मतदान गर्न सबै कर्मचारीलाई आह्वान गर्ने उल्लेख छ ।

यो सहमति पत्रमा नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरि बहादुर रावल र राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष दयाराम बस्यालले हस्ताक्षर गरेका छन् ।

यस्तो छ सहमतिपत्रः

Mao-Karmachari-Press-Relegies