१ कार्तिक २०८३, शनिबार

बेलायतको केन्टमा इलाम क्लवलाई उपाधि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

FC_Kent-(1)– सुरेन्द्र इङ्नाम

केन्ट । गत २९ मेँ २०१६ को दिन बेलायतको अल्डरसटमा तमु धिको आयोजनामा सम्पन्न भएको १४ औँ गोरखा कप भेटरेन तर्फबाट फुटबल क्लब केन्टले शिल्ड हात पारेको छ ।

१० टिमहरुले भाग लिएको उक्त खेलमा ईलाम फुटबल क्लबलाई जितेर फुटबल क्लब केन्टले गत वर्ष झै यो वर्ष पनि शिल्ड हात पारेको हो । यसका साथै बेष्ट प्लेयर र बेष्ट स्कोरर को पुरस्कार पनि यसै क्लबका खेलाडी दीपेन्द्र फियाकले पाए ।

सन २०१५ मा स्थापना भएको यो क्लबको मुख्य उदेश्य भने युवा पुस्तालाई फुटबलमा प्रोत्साहन गराउनु रहेको टिम कोच लोक लिम्बुले बताए ।

क्लबको स्थापना भएयता छोटो समयमै गोरखा कप, यलम्बरहाङ् कप, भि.सि. कप, बुडासुब्बा कप र सगरमाथा कप हात पारी सकेको छ ।