१ कार्तिक २०८३, शनिबार

आसन र भाषणबिना जेनेभामा मह कार्यक्रम सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

IMG_1324– बिजय शर्मा

स्विजरल्याण्ड । नेपालका सुप्रसिद्ध हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिव‌ंश आचार्यको (मह) जोडी र मह संचारका अन्य कलाकारहरुको टोलीले शनिबार स्विजरल्याण्डको जेनेभामा हाँस्य व्यंग्य तथा संस्कृतिक कार्यक्रम भब्य गरेका छन् ।

मह जोडीका अतिरिक्त युवा कलाकारहरु यमन श्रेष्ठ, मोहित आचार्य, नरेन्द्र कंसाकार र माण्डवी त्रिपाठी लगायत संलग्न रहेका थिए ।

यो टोलीले अहिलेसम्म नर्वे, फिनल्याण्ड, डेनमार्क, पोल्याण्ड, स्विडेन, स्पेन , फ्रान्सका विभिन्न सहरहरुमा गैरआवाशीय नेपाली संघको संयोजनमा सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरेर बिगत २१ वर्ष देशी जेनेभामा बस्नु भएकी निता कपुरको आयोजनामा सम्पन्न भएको छ ।

मह जोडीको यस कार्यक्रममा आसन ग्रहण र भाषण गर्ने प्रथालाई अन्त्य गर्दै जेनेभा सहरमा आयोजित सांस्कृतिक कार्यक्रममा स्विजरल्याण्डका लागि महामहिम राजदुत दीपक धिताल सम्पूर्ण स्विजरल्याण्डबाशी उपस्थित नेपाली दाजु भाइ तथा दिदी बहिनीहरु तथा नेपालबाट आउनु भएका बरिष्ठ कलाकार समेतलाई स्वागत मन्तब्य तथा धन्यबाद ज्ञापन गर्नु भएको थियो ।