९ कार्तिक २०८३, सोमबार

राजधानीमा सवारी नियम उल्लंघन गर्ने कार्य ह्वात्तै घट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Traffic Policeकाठमाडौं, १७ जेठ । गएको वैशाख ३१ गते काठमाडौं उपत्यकामा नियमविपरित सवारी चलाउने १ हजार ६ सय १७ चालक कारबाहीमा परे ।

तर त्यसको ठीक एक दिनपछि जेठ १ गते उपत्यकाभर जम्मा ४ सय ६० जना चालक मात्र कारबाहीमा परे । नागरिक दैनिकले समाचार छापेको छ ।

एक दिनमै उपत्यकाका सडकमा ट्राफिक प्रहरीको कारबाहीमा पर्ने संख्या झन्डै चार गुणा घट्नु एउटै कारण हो, नियमविपरित सवारी चलाउनेलाई गरिने जरिवाना वृद्धि ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकले पनि नियम मिच्ने चालक सख्या तीन गुणाले घटेको देखाउँछ ।