
काठमाडौं, १६ जेठ । तेन्जिङ हिलारी एभरेष्ट म्याराथुन २०१६ आइतबारदेखि सुरू भएको छ ।
नेपाल र बेलायतको २ सय बर्ष लामो सम्बन्धको बर्षगाँठको अवसरमा र सगरमाथामा पहिलो मानव पाइला परेको ५० बर्ष पुगेको अवसर पारेर म्याराथन आयोजना गरिएको हो ।
दुईपटक गिनिज वुम अफ दि वल्र्ड रेकर्डमा नाम लेखाएकी र सातवटा देशको दौडको म्याराथन सकाएकी पार्वनेस मोआएदी पनि म्याराथनमा सहभागी छन् । एभरेष्ट म्याराथुनमा नेपालका लागि बेलायतका तर्फका राजदूत रिचार्ड मोरिस पनि सहभागी भएका छन् ।
साथै अन्तर्राष्ट्रियस्तरका १ सय २९ जना धावक म्याराथुनमा सहभागी भएका छन् ।














प्रतिक्रिया