३० आश्विन २०८३, शुक्रबार

बालिका बलात्कार गर्दागर्दै पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rape_minor4_042113102557

राजविराज, २४ साउन । सप्तरीमा एक १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुर नपा–६ पिप्रा पूर्वका १९ वर्षीय प्रमोदकुमार मुखियालाई प्रहरीले पक्राउ गरेको छ ।

आरोपितले पीडितको घरमा प्रवेश गरी गएराति ११ बजे बलात्कार गरेको आरोप छ । पीडित रोएको आवाज सुनेर जम्मा भएका घरपरिवारका सदस्य र गाउँलेले घटनास्थलबाटै आरोपितलाई नियन्त्रणमा लिई गएराति नै प्रहरी चौकी धर्मपुरमा जिम्मा लगाएको अधिकारकर्मी सविता न्यौपानेले बताउनुभयो ।

प्रहरी चौकी धर्मपुरले आरोपितलाई आवश्यक कानुनी कारबाहीका लागि शनिबार इलाका प्रहरी कार्यालय कञ्चनपुर पठाएको छ । पीडितको स्वास्थ्य परीक्षणका लागि आज राजविराजस्थित अञ्चल अस्पताल ल्याइने प्रहरी निरीक्षक दीपककुमार कार्कीले बताउनुभयो ।