भौगोलिक हिसाबले हिमाल, पहाड, तराई तीन भागमा बिभाजन गरी पूर्ब मेचिदेखि पश्चिम महाकालीसम्म अर्थात ५६,८२७ बर्गमाईल क्षेत्रफल रहेको भु–भाग नै नेपाल राष्ट्र हो भने सास्कृतिक बिबिधताले भरिपूर्ण अनि ‘यत्र नार्यस्तु पुज्यन्ते, रमन्ते यत्र देवता’ भन्दै आएको र सनातन संस्कृतिले समग्र नारीजातिलाई मातृशक्तिका रुपमा नेपालमा आदर गदै आएको पाईन्छ ।
तर, यस्तो सांस्कृतिक बिबिधताले भरिपूर्ण, प्राकृतिक सम्पदाको धनी देशलाई आफुलाई कट्टर मधेशवादी भन्ने र मधेशीजनताको मुक्तिको लागि महेन्द्रवादको अवतारको रुपमा देखाइएको जस्तो लाग्ने सुन्दर शान्त नेपालको यो सुन्दर रुपलाई ‘एक मधेश एक प्रदेशको’ नारामा बिखण्डन मच्चाएर एकात्मक शासन चलाउँन तराईका केही मठाधिशहरुको एक समूले विभिन्न खाले षडयन्त्र गरिरहेको सच्चा नेपालीले देखिरहेका छन् ।
आफुलाई पक्का मधेशवादी ठान्नेहरुलाई मधेशवादीको अधिकार नेपालको अन्तरिम संबिधानको धारा ६३ को उपधारा ३ बाट दिइएको छ भने अझ मजबुत त धारा ३९ ‘क’ मा हिमाली, पहाडी, मधेशी शब्द प्रयोग गरेर न्याय गरिएको छ । जसको परिणाम आज तराईलाई मधेश बनाउने षडयन्त्रलाई मलजल गरिदिएको छ । ऐतिहासिक जनआन्दोलन २०६२/२०६३ पछि मात्र मधेशका मठाधिशहरुले नेपालमा संघीयताको साथमा एक मधेश एक प्रदेशको मुद्दालाई स्थापित गरेका हुन् ।
तराईका ती मठाधिशहरुले पक्का तराईलाई मधेश बनाउन चाहेका हुन भने भारतसँग भएको सुगौली सन्धी, सँधै चर्चामा रहेको गण्डक–कोशी सम्झौता लगायत नेपालका भु–भाग फिर्ता गरिदाका सम्पूर्ण दस्ताबेजलाई नयाँ अवतार दिन सक्नुपर्छ । आजभन्दा लगभग दुईदशक अगाडि जनजाती र मधेशीहरुको राज्यसत्तामा पहुँच मात्र तीस प्रतिशत थियो । समय बदलियो नेपालको राज्यसत्ताको केन्दबिन्दुमा २७ जना आफुलाई मधेशी ठान्नेहरु मन्त्री हुँदा पनि मधेश आन्दोलनका पीडितहरुलाई राहत उपलब्ध गराउँन सकेनन् तर, भारतीय बिदेशमन्त्री सुुष्मा स्वराजलाई मधेशी जनतालाई दोस्रो नागरिकको रुपमा हेरिएको भन्दै लबिङ गर्छन ।
तर, छिमेकी मुलुक भारतले मधेशका नाममा राजनीति गरेर राज्यको ढुकुटी रित्याएको देखेका थिए । अनि उल्टै राष्ट्रपति, उपराष्ट्रपति, गृहमन्त्री, परराष्ट्रमन्त्रीसमेत मधेशी बनेका छन् भने कसरी भइन्छ दोस्रो दर्जाको नागरिक भन्ने प्रश्नमा किन जवाफ दिन सकेनन् गच्छदार, यादव, महतो, शाह, भण्डारी र सिंहहरुले भारतले नेपालको ७१ ठाउँमा गरी लगभग साठी हजार छ सय हेक्टर जमिन अतिक्रमण गरेको छ जुन भु–भाग मधेशमा नै पर्छ । त्यो जमिन फिर्ता देउँ भन्नुको साटो दोस्रो दर्जाको नागरिक भयौँ पहिलो दर्जाको बनाई दिनुपर्यो भनेर बिदेशीलाई नेपालको स्वाभिमानमा दख्खल पुर्याउन अनुरोध गर्नेहरु हो ? तिमीहरुलाई सच्चा मधेशमा बसोबास गर्ने नेपाली जनताले हिसाव–किताब गर्नेछन् । नेपालको मातृभाषालाई हिन्दी बनाउँनुपर्छ भनेर स्वर मच्चाउँनेहरु हो ? भारतीय प्रधानमन्त्री नरेन्द्र भाई मोदीले नेपालको संसदमा नेपालीभाषामा संबोधन गरेर अर्को झापड हानिदिए ।
शान्तिका अग्रदुत भगवान गौतमबुद्घलाई बिहारमा जन्मेको बताउने सरिता गिरीले सुन्नुपर्ने हो गौतम बुद्घ बिहारले जन्मायो कि नेपालले ? पूर्ब सभासद मोहमद सदरुल मियाँँको हत्या कसले गरयो ? काशीनाथ हत्याका योजनाकार को हुँन ? उमा सिंह, अरुण सिंघानीया को हत्यामा को संलग्न छ ? जनकपुर बमकाण्ड कसले गरायो ?आफुलाई दोस्रो दर्जाको ठान्नेहरु हो जवाफ दिन सक्छौ ?
नेपालकी छोरी तेरिया फौजामगरले डिआईडी लिटिल मास्टरको उपाधी जित्नमा के यादब, गच्छदार, शेर्पाको हात थियो कि सम्पूर्ण नेपालीको ? गृहमन्त्री भएको बेलामा भारतीय नागरिकलाई नागरिकता दिन झापाका तत्कालीन सिडियो गेहनाथ भण्डारीलाई बिजयकुमार गच्छदारले परिपत्र गरेका थिए । तर, भण्डारीले उनको आदेशलाई पैतलाले कुल्चीदिए । निजामती कर्मचारीमा योग्य ठहरिएका सक्षम र सफल सहसचिव तथा पर्सा जिल्लाका तत्कालीन सिडियो दुर्गाप्रसाद भण्डारीलाई झापड ठान्ने तत्कालीन राज्यमन्त्री करिना बेगम के पहाडिया थिइन ? बनमन्त्री भएको बेलामा मात्रृका यादबले ललितपूरका एलडीओलाई चर्पीमा थुने के यादब मधेशी भएर हो ? यसको जवाफ कस्ले दिने ? हुम्ला, जुम्लामा रहेका नेपालीहरु जो मानव जीवनका अत्यावश्यक आवश्यकताबाट कति टाढा छन् के उनीहरुले मधेशीजनताले सेवासुविधा बढी पाए भनेर भनेर आन्दोलन गरेका छन् ।
मधेशीजनतालाई हेपियो भन्ने ह्रृदयश त्रिपाठ मधेशी नेताहरुमा सबैभन्दा धनी छन् तर उनले मधेशीजनताको मुक्तिको निम्ति कति खर्च गरे ? एउटा बिदेशीले हिमाल, पहाड, तराई जहाँसुकैका नेपालीका लागि आफनै फुलको सुवासभएको गुलदस्ता जस्तो संबिधान बनोस भन्ने कामना गर्नसक्छ् । तर, आफुलाई नेपाली भनेर खोक्ने गच्छदार, महतो, ठाकुर, त्रिपाठी, भण्डारी, सिंह, यादब, शाहहरुको मधेशका नाममा, मिलेर रहेको यो बगैंचालाई बिथोल्न खोज्ने हो भने हिमाल पहाड तराई जहाँसुकैका जनता किन नहुन छाड्लान ? त्यसैले यो शुन्दर, शान्त नेपाललाईे टुक्र्याएर जन्मदिनको केक बनाउँन हुँदैन बेलैमा चेतना भया !
(लेखक नेपाल पत्रकार महासंघ कोरिया शाखाका सहसचिव तथा हेल्लो नेपाल कोरिया डटकमका सह–सम्पादक हुन् ।)














प्रतिक्रिया