१ कार्तिक २०८३, शनिबार

‘योगेश भट्टराईले झुट बोल्नुभयो’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yogesh-Bhattarai-Surya-Thapa

काठमाडौं, १६ जेठ । नेकपा एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापाले पार्टीको पछिल्लो विवादबारे यथार्थ कुरा बाहिर ल्याउनुभएको छ ।

उहाँले पार्टी महासचिव ईश्वर पोखरेलले पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईलाई थाहा नै नदिई चौतारी कार्यसमितिलाई शुभकामना दिने कार्यक्रम आयोजना गरेको भन्ने आरोपको खण्डन समेत गर्नुभएको छ ।

एउटा अनलाइनलाई अन्तर्वार्ता दिँदै नेता थापाले भन्नुभयो– ‘कार्यक्रम हुनुभन्दा १ घण्टाअघि मेरो र उहाँ (योगेश भट्टराई)को पार्टी कार्यालयमै भेट भएको थियो । उहाँले नै महासचिवको सचिवालयले नै खवर गरेको भन्नु भएको थियो । उहाँले कतिपय आफ्ना चित्त दुखाईका कुरा त राख्नु भएको हो । तर त्यस्तो चिठ्ठि म महासचिवलाई दिन्छु, मेरो आपत्ति छ, केही भन्नु भएको थिएन । महासचिवको सचिवालयले उहाँलाई जानकारी गराएको थियो । उहाँले के ढाँट्नु भयो भने मैले थाहा पाइन भन्नुभयो । यो सिधै झुट हो । महासचिवको सचिवालयबाट दीपेन्द्र श्रेष्ठले उहाँलाई खबर गर्नु भएको थियो ।’

प्रेस चौतारीको नवनिर्वाचित कार्यसमितिलाई शुभकामना तथा सम्मान गर्ने पार्टी महासचिवले नबोलाएको भन्दै भट्टराईले बाहिर बाहिर प्रचारबाजी गरिरहेका बेला उपप्रमुख थापाको यो भनाइ आएको हो ।

‘तपाईले पार्टी एकढिक्का बनाउन चौतारीबाट संदेश दियौ भन्नुहुन्छ तर चौतारीको नवनिर्वाचित कार्यसमितिलाई पार्टी महासचिवले प्रचार विभागका प्रमुखलाई थाहा नै नदिई किन बधाई कार्यक्रम राख्नु भयो’ भन्ने प्रश्नमा उपप्रमुख थापाको जबाफ यस्तो छः

चौतारी एक ढिक्का छ । मलाई लाग्छ मदन भण्डारी अध्ययन केन्द्रका नाममा योगेशजी प्रमुख आयोजक हुनुहुन्थ्यो । त्यहाँ पार्टी अध्यक्षकाबिरुद्ध पार्टी बिस्फोटन, इलेक्ट्रिक सक जस्ता बिषय उठे । पार्टी नेतृत्वका बिरुद्ध विस्फोट गराउने अभिब्यक्ति पूर्वप्रधानमन्त्रीहरुले नै गरेपछि देशब्यापी एउटा आक्रोस थियो । मुख्य आयोजकका हैसियतले त्यसको जिम्मेवारी योगेशजीले लिनु पर्दथ्यो । देशभरको आक्रोस रोक्न नसकेपछि समस्यालाई डाइभर्ट गर्न उहाँले एउटा अनलाइनलाई चिठ्ठि उपलब्ध गराउनु भएको हो भन्ने लाग्छ । कार्यक्रम हुनुभन्दा १ घण्टाअघि मेरो र उहाँको पार्टी कार्यालयमै भेट भएको थियो ।

उहाँले नै महासचिवको सचिवालयले नै खवर गरेको भन्नु भएको थियो । उहाँले कतिपय आफ्ना चित्त दुखाईका कुरा त राख्नु भएको हो । तर त्यस्तो चिठ्ठि म महासचिवलाई दिन्छु, मेरो आपत्ति छ, केही भन्नु भएको थिएन । महासचिवको सचिवालयले उहाँलाई जानकारी गराएको थियो । चौतारीको नेतृत्वलाई बधाई पार्टी अध्यक्षले पनि दिनुभयो । तर अध्यक्षले कसैलाई फोन गर्नु भएन । उहाँको सचिवालयले खवर गरेको थियो । त्यसैगरी महासचिवको सचिवालयले पनि सवैलाई खवर गरेको हो । यो पहिलो कार्यक्रम थिएन । युवासंघदेखि सञ्चारीका समुहको कार्यक्रमसम्म पनि यस्ता कार्यक्रम हुँदै आएका थिए । चौतारीको नेतृत्व ९ गते चयन भयो, १३ गते महासचिवले आफ्नो सचिवालय मार्फत सवैलाई खवर गर्नु भयो । पार्टीले गर्ने काममा प्रचारबिभागको प्रमुखको हैसियतमा योगेशजीले गर्नु पर्दथ्यो । महासचिव मात्र नभई सवै नेताहरुलाई बोलाउनु पर्दथ्यो । उहाँ मदन भण्डारी अध्ययन केन्द्रका कार्यक्रममा ब्यस्त हुनुभयो । महासचिवको टेलिफोन समेत उहाँले उठाउन सक्नु भएन । सँगसँगै उहाँले के ढाँट्नु भयो भने मैले थाहा पाइन भन्नु भयो । महासचिवको सचिवालयबाट दीपेन्द्र श्रेष्ठले उहाँलाई खवर गर्नु भएको थियो । पछि उहाँले महासचिवलाई भन्दा पहिले चिठ्ठि अनलाईनहरुमा दिनु भएछ । यो आश्चार्यजनक कार्यशैली हो । यस्तो कार्यशैलीले पार्टीको स्थायी कमिटीसम्मको कार्यसम्पादनका समस्या पैदा गर्दछ ।