२९ आश्विन २०८३, बिहिबार

संविधानमा देखिएको विवादमा समाधान खोज्न कांग्रेस र एमाओवादी सहमत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

susil and parchanda

काठमाडौं, २४ साउन । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस र विपक्षी दल एमाओवादीबीच छलफल भएको छ ।

छलफलमा संविधानका अन्तरवस्तुलाई आपसी समझदारीबाटै निष्कर्षमा पुर्‍याउन कांग्रेस र एमाओवादी सहमत भएको बुझिएको छ ।

‘त्यसका लागि आन्तरिक र बहुपक्षीय छलफलका लागि सबैसँग सहकार्य गर्ने सहमति भएको छ,’ बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

सत्तारुढ दल नेपाली कांग्रेसले पहलमा बसेको बैठकले संविधानका अन्तरबस्तुबारे सहमति खोज्ने गरी कांग्रेस उपसभापति रामचन्द्र पौडेल र वनमन्त्री महेश आचार्यलाई जिम्मा दिइएको बताइएको छ ।