काठमाडौं, १६ जेठ । विहीबार साँझ महागढीमाई नगरपालिका १६ पसा खोलाबाट अपरहणमा परेका वीरगंज खाद्य उद्योगका संचालक सुरेश केडियाको अवस्था अझै अज्ञात छ ।
उनको नेपाल र भारतका विभिन्न स्थानमा खोजतलास भइरहेको छ । नागरिक दैनिकले समाचार छापेको छ ।
पहिलादेखि नै बारा, पर्साका उद्योगी, व्यवसायी भारतीय अपराधीहरुको निसानामा पर्दै आएका छन् ।
भारतीय अपराधी समूहले यस क्षेत्रका उद्योगीलाई अपहरण गरी फिरौती असुल्ने र नदिए ज्यान लिनेसमेत गरेका छन् ।















प्रतिक्रिया