१ कार्तिक २०८३, शनिबार

पूर्व पश्चिम रेलमार्ग निर्माण सुरु गर्ने सरकारको घोषणा, पानीजहाज पनि चलाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rail-marga-purba-paschim

काठमाडौं, १५ जेठ । सरकारले पुरै देशलाई जोड्नेगरी पूर्व पश्चिम रेलमार्गको निर्माण कार्य सुरु गर्ने घोषणा गरेको छ ।

व्यवस्थापिका संसदमा आर्थिक वर्ष २०७३/०७४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरी पूर्व पश्चिम रेलमार्गको निर्माण सुरु गरिने बताए ।

रेलमार्ग निर्माणका लागि बजेट छुट्याइएको र तत्कालै निर्माण कार्य सुरु गरिने अर्थमन्त्री पौडेलले जानकारी दिए ।

बजेट भाषणमा अर्थमन्त्री पौडेलले काठमाडौं–लुम्बनी रेलको अध्ययन सकेर २ वर्षमा निर्माण थाल्ने योजना पनि सुनाए ।

त्यसैगरी बर्दिया-सिमरा रेलमार्ग, बर्दिबास-काँकडभिट्टा, बुटवल-गड्डाचौकी रेलमार्गको विस्तृत प्रतिवेदन तयार गरिने सरकारले घोषणा गरेको छ ।

यसैगरी पारवाहन सन्धी अनुरुप आफ्नै पानीजाहजका सञ्चालनको लागि कानुनको तयारी गर्ने अर्थमन्त्री पौडेल उल्लेख गरे ।