२९ आश्विन २०८३, बिहिबार

राजनीतिकरणले दीर्घरोगी बन्दै वीर अस्पताल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bir-hospitalकाठमाडौ, २४ साउन । प्रधानमन्त्री शुशिल कोइरालाले चरम राजनीतिकरण र भागवंडाले धरासायी भएको मुलुककै सबभन्दा जेठो चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स), बीर अस्पताल मा शुक्रवार पुराने प्रकृया अनुसार उपकुलपतिको नियुक्त गरेका छन ।

स्वास्थ्य मन्त्री खगराज अधिकारीले काग्रेस र एमालेबीचको सहमति अनुसार नाम्सको उपकुलपतिमा एमालेको भाग वाट सह-प्राध्यापक डा।गणेश गुरुङ्गलाई उपकुलपतिको लागि प्रस्तावित गरेका थिए । स्वास्थ्यमन्त्री र प्रधानमन्त्री विच उपकुलपति नियुक्त प्रकरणमा विगत केहि दिन देखी लामो जुहारी पछि अन्ततः उक्त प्रस्ताव स्विकार गरिएको हो ।

प्रधानमन्त्रीले गत मंगलवार उपकुलपतिको नाउमा पुर्नरविचार गर्न भनि फाइल स्वास्थ्य मन्त्री कहा फर्काएका थिए । स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीलाइ पुर्व सहमति अनुसार नै नियुक्ति प्रकृया सुचारु गर्न दबाब दिएपछि कोइरालाले शुक्रवार आफूले अस्विकार गर्दे आएको प्रस्तावित व्यक्तिलाई नियुक्त गरेका हुन् ।

यो संगै अव नाम्सको उपकुलपति, रेक्टर र डिन मा एमाले समर्थित र रजिष्टार सदस्य एवं विर को निर्देशकमा काग्रेस समर्थित चिकित्सकको नियुक्त हुनेछ । स्रोतको दावी अनुसार नाम्सको खाली रहेको अन्य पदमा समेत उपकुलपतिले पदभार ग्रहण गरे लगत्तै नियुक्ति प्रकृया शुरु हुने छ ।

नाम्स ऐनको दफा १८ अनुसार उपकुलपति पुर्ण समयको पदाधिकारी हुनु पर्छ । उपकुलपतिको नियुक्त कुलपति (प्रधानमन्त्री)ले सहकुलपति (स्वास्थ्यमन्त्री) को अध्यक्षतामा गठित तिन सदस्यिय समितिको सिफारिसमा गर्नु पर्ने प्रावधान रहेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

‘वीरमा राजनीतिक दल मिलेर आपसी भागवंडा मा नियुक्ति गरेर अस्पताललाइ ध्वस्त पार्ने प्रकृया पुनः शुरु गरी सकेका छनु, नेपाल चिकित्सक संघका अध्यक्ष डा.अन्जनी झा भन्छन, ‘हाल वीरको दुगर्तिका लागि समेत यस्तै खाले नियुक्ति प्रकृया रहेको सबैले बुझिसके पनि फेरी किन त्यहि प्रयोग गरिएको हो थाहा भएन ।’