२९ आश्विन २०८३, बिहिबार

रक्सी खाएर बबण्डर गर्ने हंसराज वाग्लेसहित पाँच म्यानपावर मालिकलाई सार्वजनिक मुद्दा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hansharaj_1293270782

काठमाडौँ, २४ साउन । महानगरिय प्रहरी प्रभागले वैदेशिक रोजगारी व्यवसायी महासंघका अध्यक्ष हंसराज वाग्लेसहित पाँच व्यवसायीलाई पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको छ ।

पाकिस्तानी तनविर शाहलाई कुटपिट गरेको आरोपमा प्रहरीले वैदेशिक रोजगारी व्यवसायी दुर्गाबहादुर लिम्बू, प्रज्ञान न्यौपाने, भुवन गुरुङ र कमल तामाङलाई समेत पक्राउ गरी थुनामा राखेर अनुसन्धान थालिएको प्रभागका प्रमुख नायब प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो । सिलवालका अनुसार व्यवसायीले बिहीबार राति ११ बजे दरबारमार्ग सिजिनिङ डान्स बारमा शाहलाई कुटपिट गरी घाइते बनाएकामा पीडितले मुद्दा दिएपछि उनीहरूलाई सार्वजनिक अपराध मुद्दा चलाइएको छ । एक महिलासँगै आएका शाहलाई हंसराज उनका साथीहरुले धक्का दिएपछि विवाद सुरु भएको थियो ।

प्रभागले अभियुक्तलाई जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान भइरहेको जनाएको छ ।