२९ आश्विन २०८३, बिहिबार

‘आइ एम विथ केपी ओली’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prakash Koirala-article (2)– प्रकाश कोइराला (यूएई)

आफ्ना आफन्त, घरपरिवार, श्रीमती र छोराछोरी सबैलाई छोड्दै विदेश आउनपर्ने बाध्यता लगभग सबै नेपाली युवाहरुको जीवनसंग जोडिएको छ । यही बाध्यतासँग जोडिएर सन् २००२ को जुन २४ मा म लगायत हाम्रो टोलीका १७ जना युवाहरु युएइको दुबई हानियौ । हामी १७ जनाको एउटै उद्देश्य धेरै पैसा कमाउने र स्वदेश फर्की बाँकि जिबन आफ्नो परिवारसंग सुखको जिन्दगी बिताउने सपना थियो ।

नेपाली जनतालाई बिश्वास लाग्न गाह्रो भैरहेको बेलामा प्रधानमन्त्रीद्वारा अभिब्यक्त विकास निर्माणसंग सम्बन्धित घोषणा गरिएका सपनाहरुले क्रमशः बिपनाको रुपतिर अग्रसर हुन लागे । ६ महिना भित्रमा काभ्रेपलाञ्चोक र म्याग्दी तुइनमुक्त जिल्ला भए । दैलेखमा ग्यास उत्खनन सुरु गर्नु, मोरङको बाहुनिमा पेट्रोल पत्ता लगाउनु, पोखरामा अन्तर्राष्ट्रिय बिमानस्थलको शिलान्यास गर्नु, मिर्गौला रोगीहरुको डाइलोसिसको खर्च सरकारले बेहर्नु, पारबहन सेवालाई चाईनाबाट सुरु गरि सिगात्सेसम्म रेलमा नेपाली कन्टेनर आइपुग्नुलाई आगामी दिनमा देश समृद्धितिर जान सक्ने ढोका खुलेको लक्षण मान्न सकिन्छ ।

१७ जना मध्यका ६ जना साथीहरु एक बर्ष पनि सघर्ष गर्न नसकेर नेपाल फर्कनु भयो भने अरु ९ जना साथीहरु पनि २ वर्ष भित्रमा नेपाल या अरु कुनै देशमा सिफ्ट हुनुभयो । बाँकि हामी २ जना साथीहरु निरन्तर १४ बर्षदेखी आफ्नो काममा डटीरह्यौ र सपनाहरु देखि रह्यौ । धनकुटाको त्यो मेरो साथीले पनि राम्रो नै गर्नुभएको छ आफ्नो ठाउँमा अनि यहाँको जागिरमा पनि सन्तुष्ट नै भएको जानकारी गराउनु हुन्छ बेला बेलामा भलाकुसारी हुँदा ।

त्यहि १७ जना मध्यको मपनि एउटा लाहुरे थिए जो धेरै सपनाहरु बोकेर विदेश भासिएको थिए । श्रीमतीको माया कस्तो भन्ने र आमाबुबाले टाउकोमा हात राखेर दिने आशिर्बाद २ बर्षमा १ महिना अनुभव गर्न पाउथे । छोराछोरी जन्मेर छातीमा टासेर कहिल्यै खेलाउन पाइन । बाल स्वभावलाई मेरो नजरले कहिले देख्न पाइन । छोरा छोरीले बाबुलाई चोर औलामा समातेर पसलसम्म लगि चक्लेट किन्न लगाएको मेरो अनुभव रहेन । तै पनि मैले मेरो भबिष्यका सपनाहरु बुन्न छाडिन । सुरुवाती दिनमा धेरै दुःख गरे ! कामप्रतिको लगाब अनि मेरो दृढ संकल्प र इमान्दारितालाई कहिले डगमगाउन दीइन । कामको रफ्तारलाई ब्रेक लगाउने त कुरै थिएन बरु बेला बेलामा संगै आउनु भएका साथीहरुले छेड हान्ने गर्नुहुन्थ्यो । काम धेरै गर्छ पाउने हाम्रो जति नै हो । सोझो एकोहोरो मेहनत, आत्मविश्वास अनि सपना देख्नु मेरो दैनिकी भैसकेको थियो । सबै साथीहरु फर्कनुभयो तर म सपना देखिरहे र निरन्तर आफ्नो कर्तव्यमा डटीरहे । फलतः मेरो सपनाले बिस्तारै बाटो समात्न लाग्यो । अरु साथीहरुलाई पछाडी पार्दै म बढुवा भए र तलब पनि बृद्धि भयो । म त्यतिमा पनि सन्तुष्ट रहन सकिन र विकल्पका बाटाहरु खोज्दै गए र कामलाई पनि निरन्तरता दिदै गए ।

यहि विश्वासका साथ मैले २४ मे २००७ मा कम्पनी सरुवा गरि अर्को कम्पनीमा जागिर सुरुवात गरे । त्यसपछि मलाई पछाडी फर्केर हेर्नुपर्ने दिनको महशुस गर्नुपरेन । फेमिली भिषामा श्रीमती छोरा छोरीलाई आफूसँग राख्न सफल भए भने आमा बुबा काकाकाकी हरुलाई आफू बसेको ठाउं देखाउन सफल भएको छु । केहि आफन्तहरुलाई दुबइमै बोलाएर जागिर पनि लगाइदिएको छु । छोरालाई ११ मा र छोरीलाई ८ कक्षामा यही दुबइमा पढाउन सक्षम भएको छु ।

अफिस आउने जाने गर्थे साथीले ड्राइभ गर्ने कारमा, नेपालमा हुँदा साइकिल किनेर चढ्ने खुबी नभएको म सोच्ने गर्थे यो साथीले कारका अगाडीका पांग्रा यहि ठाउँमा पर्छ भनेर कसरि थाहा पाउछ ? मैले पनि सपना देखे र संकल्प गरे आफ्नो कार किन्ने र आफै चलाउने, फलत मेरो सपना संकल्पमा परिणत भयो । परिवारसंग बस्ने कार चढ्नेमा मात्र मेरो सपना पुरा भएका थिएनन । क्रमशः मैले मेरो आम्दानीलाई नेपालमा लगानी गर्ने मेरो पुरानो सपनालाई शुरु गरे अनि अहिले सफलताको शिढी चढ्ने क्रममा छु । न्यु जिल ट्रेड कन्सर्न – धुम्बाराही, काठमाडौँ, अरोमा हिमालयन कफी –लगनखेल, ललितपुर, अरोमा हिमालयन कफी– घाँसीकुवा, तनहुँ, लुम्बिनी सप्लायर्स –कोहलपुर, बाँकेमा मेरो कमाईका पसिना जुन सपना थिए बिपनामा परिणत भैरहेका छन् । २६ जना भन्दा बढीले यसैमा रोजगारी गर्ने गर्छन आफ्ना सपना पुरा गर्न ।

मैले मेरो जीवनमा देखेका साना सपनाहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनतालाई देखाएको सपनासंग जोड्न खोजेको हुँ । सपना देख्नुपर्छ र त्यो सम्भव छ यदि त्यो व्यक्ति संकल्प र आत्मबिश्वासमा अडिएको छ भने । भूकम्पले थलिएको हाम्रो देश अनि ५ महिना लामो भारतले लगाएको नाकाबन्दीले नेपाल चुर्लुम्म डुबेको थियो । यस्तो प्रतिकुल परिस्थितीमा चारतिर फर्किएका दलको बलमा बनेको यो गठबन्धन सरकारबाट धेरै आशा गर्नु हाम्रो बाध्यता थियो त्यै पनि हामीले बिश्वास गर्ने आधारहरु कमै थिए । पहिलेका सरकार प्रमुखहरुका तौर तरिका, सुस्तिपना, गैह्रजिम्मेवारीपन, अनि सरकार बचाउन र ढलाउन खेलिने पासाहरुका कारण जनताहरु आशासहित अविश्वासी पनि थिए ।

यहि बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो मन्त्रिपरिषद बैठकबाटै २ बर्ष भित्रमा देशलाई तुईनमुक्त गर्ने सपना देखाए । बिश्वास गर्ने आधार कहिँ पनि देखिएको थिएन । क्रमशः २ बर्षभित्रमा देशलाई लोड्सेडिङबाट मुक्त गर्ने, तिब्बतदेखि काठमाडौं, पोखरा हुँदै लुम्बिनीसम्म रेल कुदाउने, हावाबाट बिजुली, घर घरमा पाइपबाट ग्यास, पोखरामा अन्तर्राष्ट्रिय बिमानस्थल बनाउने । पूर्व पश्चिम मोटर बाटोलाई बिस्तार गर्ने । काठमाडौँ तराई फास्ट ट्र्याक आफै बनाउने । कोदारी राजमार्गलाई चाडै तयार गर्ने । काठमाडौंमा मेट्रो कुदाउने आदि आदि ।

नेपाली जनतालाई बिश्वास लाग्न गाह्रो भैरहेको बेलामा प्रधानमन्त्रीद्वारा अभिब्यक्त विकास निर्माणसंग सम्बन्धित घोषणा गरिएका सपनाहरुले क्रमशः बिपनाको रुपतिर अग्रशर हुन लागे । ६ महिना भित्रमा काभ्रेपलाञ्चोक र म्याग्दी तुइनमुक्त जिल्ला भए । दैलेखमा ग्यास उत्खनन सुरु गर्नु, मोरङको बाहुनिमा पेट्रोल पत्ता लगाउनु, पोखरामा अन्तर्राष्ट्रिय बिमानस्थलको शिलान्यास गर्नु, मिर्गौला रोगीहरुको डाइलोसिसको खर्च सरकारले बेहर्नु, पारबहन सेवालाई चाईनाबाट सुरु गरि सिगात्सेसम्म रेलमा नेपाली कन्टेनर आइपुग्नुलाई आगामी दिनमा देश समृद्धितिर जान सक्ने ढोका खुलेको लक्षण मान्न सकिन्छ ।

पछिल्ला दिनमा प्रधानमन्त्रीले अर्को घोषणा गर्नु भएको छ । नेपालले पनि प्रशान्त महासागर र हिन्द महासागरमा पनि जहाज चलाउछ भनेर । सामाजिक संजाल र संचारमाध्यमबाट यो बिषयलाई लियर विभिन्न व्यक्तिहरुबाट समर्थन र बिरोधमा धेरै क्रिया प्रतिक्रियाहरु आए । प्रधानमन्त्रीको शाहस अनि देशलाई समृद्धिमा लैजाने अभिव्यक्तिहरुले फलत म एउटा खाडीको लाहुरे पनि आइ एम विथ केपी ओली भनेर लेख्ने अवस्थासम्म पुगे ।

सपना देख्नु सामान्य हो तर देखेको सपनालाई कार्यान्वयनमा लैजानु सामान्य होइन । देशको प्रधानमन्त्री भैसकेपछि यदि उ निदाउछ र सपना देख्दैन भने उसमा देशप्रतिको माया र आफ्ना जनाताहरुप्रतिको उत्तरदायित्व नभएको ठहर्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश र आफ्ना जनताहरुको लागि सपना देख्नुभयो र केहि कार्यान्वयन भैरहेका छन र बाँकि कार्यान्वयनका लागि सबैको साथ मागिरहनु भएको छ र सबै ब्यबधान, अवरोधहरुलाई चिर्दै नेपाली जनतामा समर्पित आफ्ना पाइलाहरुलाई अगाडी बढाइरहनु भएको छ निरन्तर केवल नेपाल र नेपाली जनताहरुको समृद्धिका खातिर, अनि मैले पनि निधो गरे अनि भन्दैछु ‘आइ एम विथ केपी ओली’ ।

(लेखक प्रवासी नेपाली मञ्च यूएईका पूर्व अध्यक्ष हुन् ।)