३० आश्विन २०८३, शुक्रबार

आफ्नै बाबु नरपिचास भएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rape-1

धनगढी, २४ साउन । आफ्नै छोरीमाथि बलात्कार गरेको आरोपमा कैलालीको लम्की–चुहा नगरपालिका–५ बगौनाका ६३ बर्षीय भौने रोकायालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

पीडित १४ वर्षीया छोरी, आमा र गाउँले संयुुक्तरूपमा दिएको उजुरीका आधारमा रोकायालाई पक्राउ गरी अनुसन्धान थालिएको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

बिहीबार साँझ आफ्नै घरको कोठामा कोही नभएको मौकामा मादक पदार्थ खाएर आएका रोकायाले छोरी माथि जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ ।

टीकापुर अस्पतालमा उपचारार्थ भर्ना गरिएकी पीडित बालिकाको स्वास्थ्य परीक्षण प्रतिवेदन आउन बाँकी रहेको छ । रोकाया माथि जवरजस्ती करणीको मुद्दा दर्ताको प्रकृया अघि बढाइको छ ।

यता, कञ्चनपुरको दैजी–४ बगुनका ६४ बर्षीय दशरथ भट्टलाई प्रहरीले मानसिक सन्तुलन ठिक नभएकी १५ बर्षीया किशोरी बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानबहादुर सेटीका अनुसार घरमा कोही नभएको मौका छोप्दै भट्टले आज अपरान्ह किशोरीलाई बलात्कार गरेका हुन् ।

स्थानीय महिलाले बलात्कारी भट्टलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए । किशोरीको यौनाङगबाट रगत बगिरहेको र बेहोस अवस्थामा रहेको स्थानीय मिनबहादुर गिरीले बताउनुभयो । प्रहरीले बलात्कारी भट्टलाई नियन्त्रणमा लिएर अनुसन्धानको कार्यलाई अगाडि बढाएको जनाएको छ ।