१ कार्तिक २०८३, शनिबार

अमेरिकामा पनि उस्तैछ प्रशन्न पौडेलको दिनचार्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prasannaअमेरिका । नेपाली संगीत उद्योगमै सबैभन्दा धेरै संगीत भिडीयोहरु सफल निर्देशन गरेका निर्देशक प्रशन्न पौडेल म्युजीक भिडीयोकै निर्देशन गर्ने क्रममा विगत १ वर्षयता अमेरिकामा बस्दै आइरहेका छन ।

ब्यस्त जीवन शैलीका बीचमा प्रशन्नको पनि जीवनशैली निकै ब्यस्त भएको छ ,अमेरीकामा संगीत भिडियो निर्माणमा । भनिन्छ सक्कली सुनलाई कसी लाउनु पर्दैन, त्यस्तै अमेरिकी भीडभाडको दौढ धुपमा प्रशन्न ,प्रशन्न मुद्रामै भिडीयोमा ब्यस्त छन् ।

लाइमलाइट नेपालको ब्यानरमा नेपालमा भिडीयो उत्पादन गर्दे आएका प्रसन्नले सोही ब्यानरलाई अमेरीकामा स्थापीत गर्ने उदेश्यले लाइमलाइट अमेरीकाको ब्यानरमा भिडीयो गरीरहेका छन ।

लाइमलाइट युयसय एलएलसि अमेरीकाको कार्यालयमा अचेल नेपाली कलाकारको जमघट हुने गरेको छ । करीव १२ ओटा भिडीयो अमेरीकामै वनाइसकेका प्रसन्नको निक्की कार्कीको जेट उडाउछु घुइघुइ वोलको गीत युटुवमा अत्यधिक लोकप्रिय भएको छ । झन्डै १० लाख भन्दा धेरै दर्शकले हेरेका छन् ।

त्यस्तै प्रसन्नले स्काइपवाटै निर्देशन गरेको समीर आचार्य र निक्कीकार्कीको दुनीया वेग्लै छ गीतले नेपाल तथा विदेशमा तहल्का पिटेको छ ।

करीव ५ लाख वढी दर्शकले हेरेका छन् । यस्तै गरि रामकृष्ण ढकाल ,सत्यराज आचार्य ,स्वरुपराज आचार्य ,यम वराल ,जगदीस समाल ,सोना अमात्य, सुदन गैरे का साथै अनेकौ नया गायक गाइकाहरुलाई प्रशन्नले अमेरीकावाटै नेपाली संगीत उद्योगमा उतारेका छन ।

नेपाली गायक कलाकारहरु अमेरीका पलायन भैरहेको र ब्यस्त जीवन शैलीमा कलाकारीतालाई उचीत समय दिन नपाइरहेको अवस्थामा प्रशन्नको अमेरीका बसाईले सवैलाइ सहज र उचीत वातावरण बनाई दिएको छ । नेपाली समाज तथा नेपालीभाषी भुटनीज समाजमा प्रसन्नले निकै कलाकारीता जन्माएका छन । नेपाली कलाकारको प्रशन्न संगको यो दौड सवैको लागी फलदायक होस ।