१ कार्तिक २०८३, शनिबार

अमेरिकामा पत्रकारको आंखाले अरुनै खोजेपछि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Suryaन्यूयोर्क । बिदेशमा बसेका नेपालीहरुको भावनालाई समेटेर तयार पारिएको लोकगीत आखैंले खोज्यो तिमीलेमा पत्रकार सूर्य थापाले अभिनय गरेको भिडियो सार्वजानिक भएको छ ।

सिपी मगरको शब्द र संगीत रहेको तथा सिपी मगर र संगीता थापाको स्वर रहेको गीतमा पत्रकार थापा र संगीता थापाले अभिनय गरेका छन् ।

यसअघि आधुनिक गीतमा समेत अभिनय गरिसकेका थापाको लोकगीत भने पहिलो पटक अभिनय गरेका हुन् ।

चर्चित निर्देशक शुरेस दर्पण पोखरेलले निर्देशन गरेको भिडियो न्यूयोर्कमा छांयाकन गरिएको हो ।

पत्रकार थापाले यस भिडियोबाट बिदेशमा बसेका प्रेमि र नेपालमा रहेका प्रेमीका बीच भौतिक रुपमा टाढा भएपनि भावनामा संगै रहेको आभास दिलाउन खोजेको बताए ।

लाफा म्यूजिकले बजारमा ल्याएको भिडियोले बिदेशमा पुगेपछि नेपालमा रहेकी प्रेमिकालाई धोका दिन्छन् भन्ने कुरालाई गलत साबित गर्न खोजिएको छ ।