३० आश्विन २०८३, शुक्रबार

दाङदेउखुरी समाज युएईद्वारा अग्नि पीडितहरूलाई राहत वितरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dang Deukhuri Samaj UAEदुबई । बिगत लामो समयदेखि वैदेशिक रोजगारीका सिलसिलामा युएईका विभिन्न क्षेत्रमा छरिएर रहेका दाङ जिल्ला बासीहरुको सामाजिक संस्था दाङ देउखुरी समाज युएईले आगलागीमा परि आफ्नो घरगोठ गुमाएका अग्नि पीडितहरुलाई राहत वितरण गरेको छ।

दाङ देउखुरी समाज युएईको प्रतिनिधित्व गरेर युएईबाट राहत वितरणमा सहभागी भएका समाजका सदस्यहरु जुद्दबहादुर भण्डारी, यमबहादुर महरा, रेखराज भण्डारी र लाल बहादुर केसीले गंगापरस्पुरका ५४ घर परिवार अग्नि पीडितहरुलाई प्रतिपरिवार १ क्विन्टलका दरले करीव २ लाख रुपैयाँ बराबरको राहत वितरण गरेका छन् ।

गंगापरस्पुर वन कार्यालय भवनमा भएको उक्त राहत वितरणमा स्थानीय प्रशासन, स्थानीय निकाय, उद्योग वाणिज्य संघ, संचारकर्मी, दाङ देउखुरी सेवा समाज कतार साथै अन्य विभिन्न सामाजिक संघसंस्थको पनि उपस्थिति रहेको थियो ।

राहत वितरणमा संस्थाका प्रतिनिधिहरुले प्रवासमा रहे पनि सानो नै भए पनि यसरी आफ्नो मातृभूमिको सेवा गर्ने मौका पाएकोमा खुशी ब्यक्त गर्दै समाजको यस अभियानमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिएका ।